प्रधानमन्त्री ओलीको शरीरमा प्रत्यारोपणपछि चारवटा मिर्गौला



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । नयाँ मिर्गौला प्रत्यारोपण गरिएसँगै प्रधानमन्त्री ओलीको शरीरमा चारवटा मिर्गौला हुने चिकित्सकहरुले बताएका छन् ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले  भने, ‘प्रत्यारोपण गर्ने भनेको पुरानो मिर्गौला निकालेर नयाँ मिर्गौला फिट गर्ने होइन । यो हिसाबले प्रधानमन्त्रीको शरीरमा प्रत्यारोपणपछि चारवटा मिर्गौला हुनेछन् ।’

हाम्रो शरीरमा दुईवटा मिर्गौला हुन्छन् । प्रधानमन्त्री ओलीको एउटा मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । त्यतिबेलादेखि ओलीको शरीरमा तीनवटा मिर्गौला छन् । १२ वर्षअघि गरिएको मिर्गौलाले काम गर्न छाडेपछि बुधबार फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिँदैछ । यससँगै प्रधानमन्त्रीको शरीरमा चार वटा मिर्गौला हुनेछन् ।

डा. काफ्लेले अनलाइनखबरसँग भने, ‘पहिले प्रत्यारोपण गरिएको मिर्गौला शरीरमा जेलिएर बसेको हुन्छ, त्यसलाई हटाउन समय धेरै लाग्ने भएकाले कुनै पनि डाक्टरहरुले त्यस्तो झन्झट गर्दैनन् ।’ उनले भने, ‘पुरानो मिर्गौलाले दुई–चार पर्सेन्ट काम गरिरहेको हुन्छ, प्रत्यारोपण गर्नासाथ नयाँ मिर्गौलाले काम गर्न थालिहाल्छ ।’

मिर्गौला प्रत्यारोपणको काम सक्न चारदेखि पाँच घण्टासम्म लाग्ने अनुमान छ । मिर्गौला दान गर्ने र प्रत्यारोपण गर्ने दुवै बिरामी एक हप्तापछि सामान्य अवस्थामा फर्किन सक्ने डाक्टरहरु बताउँछन् । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि प्रा डा प्रेमराज ज्ञवाली नेतृत्वको चिकित्सक टोली खटिएको छ ।

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली र मिर्गौला दान दिने उनकी भान्जी दुवै सोमबार नै अस्पताल भर्ना भएका थिए । प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीको बिभिन्न परीक्षणहरु गरिएको र नयाँ मिर्गौला शरीरले स्वीकार्न सजिलो बनाउने आवश्यक औषधिहरु दिइएको चिकित्सकहरुले बताएका छन् ।

ओलीको पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्दा शल्यक्रियामा सहभागी भारतीय डाक्टर अनन्त कुमार पनि भारतबाट काठमाडौंमा आएका छन् । उनलाई ब्याकअपको रुपमा राखिएको त्रिवि शिक्षण अस्पताल स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...