मैले चाहेको भए सरकार ढलिसक्थ्यो : माधव नेपाल



हाम्रो इकोनोमि

 

‘तपाईंलाई असहयोग गर्ने भनेको छैन । तर, सहयोग पनि के नाममा गर्ने ? कुन कुरा हेरेर, योचाहिँ राम्रो गर्नुभयो भनेर सहयोग गर्ने ?’ यो संवाद हो, गत बुधबार साँझ ४ बजेर २० मीनेट जाँदा, बालुवाटारको । पौने ३ बजेतिरै सचिवालयको बैठक सकिएर सबै हिँडिसकेका थिए । प्रवक्ता नारायणकाजी श्रेष्ठले भएभरका सञ्चारमाध्यम अघिल्तिर उभिएर निर्णयबारे जानकारी दिनुभएलगत्तै अध्यक्षबाटै फरक धारणा आयो । कोटेश्वर नपुग्दै माधव नेपाललाई फोन गयो । ‘एकदमै जरुरी छ, तपाईं फर्किनुपर्ने भयो कमरेड’, भनिएपछि उहाँ फेरि बालुवाटार पुग्नुभयो ।

प्रधानमन्त्रीको एउटै आग्रह थियो, ‘मलाई सहयोग गर्नुप¥यो †’ माधवले सोध्नुभयो, ‘किन ?’ प्रमले भन्नुभयो, ‘वामदेवलाई राष्ट्रियसभामा लैजान नसक्ने मेरा केही बाध्यता छन् । मैले युवराज खतिवडालाई दोहो¥याउने भनेर बचन दिइसकेको छु, राष्ट्रपतिलाई पनि त्यो कुरा सुनाइसकेको छु । यसैमा मलाई साथ दिनुप¥यो ।’ तर, माधवले मान्नुभएन । भन्नुभयो, ‘तपाईंले एक डेढ घण्टाअघि मेरो बाध्यता यो छ ।

राष्ट्रपति र युवराजलाई बचन दिइसकेको छु भन्न सक्नुहुन्थ्यो । हामी पनि बुझ्छौँ नि, के समस्या हुन्छ भन्ने । जेएन, म र प्रचण्ड गरी तीनजना प्रधानमन्त्री भइसकेका मान्छे त्यहीँ थियौँ त † प्रधानमन्त्रीले पार्टी नेतृत्व, व्यक्ति–व्यक्ति र सरकारलाई सन्तुलनमा लिएर जानुपर्छ, यसक्रममा बाध्यता अनेक आइलाग्छन् भन्ने कुरा त हिजो हामीले भोगेर, फेस गरेर आएको हो नि ! त्यही परिस्थिति आज तपाईंमाथि आइपरेको हुनसक्छ । यदि त्यस्तो भनिदिनुभएको भए कतै वामदेवले नै भैगो त म जान्न भन्न सक्नुहुन्थ्यो होला ।’ प्रमले भन्नुभयो, ‘तर, यो निर्णय म कार्यान्वयन गर्न सक्दिनँ †’ माधवले आश्चर्य मान्दै भन्नुभयो, ‘निर्णय भइसकेपछि मान्दिन भन्न पाइँदैन ।

तपाईं विश्वस्त हुनुुस्, जे भए पनि सरकार तलमाथि हुँदैन ।’ उहाँले सुनाउनुभयो, ‘यदि सरकार तलमाथि हुने थियो भने उहिल्यै भइसक्थ्यो । किनभने, यसबीच के कस्ता अफर आए ? कता–कताबाट, कस्ता–कस्ता चलखेल भए ? मेरै हकमा पनि कस्ता कस्ता प्रस्ताव आए ? तपाईंलाई थाहै छ तर म कहिल्यै त्यतातिर लागिन । अहिले तपाईंको सरकारमाथि कतैबाट केही हुन नदिने कुराको जिम्मा हामी नै लिन्छौँ । हामीसँगै तपाईं किन आत्तिनुहुन्छ ?’

यति भन्दा पनि प्रधानमन्त्रीले उही कुरा दोहो¥याउनुभयो, ‘मलाई सहयोग गर्नुप¥यो †’ यसपछि माधव अलिक आक्रामक भएर पेश हुनुुभयो । ‘तपाईंलाई के नाममा सहयोग गर्ने ? यस्तो कुरा गरेपछि कसरी सहयोग गर्ने ? अघि बैठकमा केही नभन्ने, अहिले मान्दिनँ भन्ने †’ माधवले सुनाउनुभयो, ‘वामदेवलाई संविधान संशोधनको जिद्धिबाट पछाडि हटाएर मैले नै मध्यमार्गी बाटोमा ल्याएको हुँ ।

यति भएपछि उहाँ राष्ट्रियसभामा जान तयार छु भन्ने ठाउँमा पुग्नु भएको हो । अब त्यहाँ पनि रोक्न खोजियो भने मनपरी शुरु भयो भनेर बुझ्दा हुन्छ । त्यसैले यस्तो नचाहिँदो कुरामा तपाईंलाई सहयोग हुँदैन । चाहिँदो कुरा गर्नुस्, कहिल्यै असहयोग हुँदैन ।’

जनआस्थाबाट

प्रतिक्रिया दिनुहोस
भारतको औपचारिक भ्रमणमा जाँदै सभापति लामिछाने

    सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछाने भारतको औपचारिक भ्रमणमा जाने भएका...

इरान युद्धबाट पछि हट्दै अमेरिका

     अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौता ‘धेरै हदसम्म तय भइसकेको’...

बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा...

सबैले नेताले पद त्याग गरौँ : गोकर्ण बिष्ट

   नेकपा एमालेको आजको सचिवाल बैठक अर्थपूर्ण बन्दैछ । शुक्रबार बसेको सचिवालय बैठकमा...