खतिवडाको राजीनामा स्वीकृत



हाम्रो इकोनोमि

 

अर्थमन्त्री डा.युवराज खतिवडाको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति बिद्यादेबी भण्डारीले उनको राजीनामा मंगलबार स्विकृत गरेकी हुन् । खतिवडाले राष्ट्रपति कार्यालय शितल निवासमा राजीनामा बुझाएका हुन् । अर्थमन्त्रीको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार दिउँसो शितलनिवास पुगेका थिए।

आज राजीनामा दिएका खतिवडाले भोलि फेरि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने छन् । राजीनामा बुझाएपछि खतिवडा प्रधानमन्त्रीलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका छन्। दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्त भएका खतिवडाको कार्यकाल आज सकिएको छ।

संविधानअनुसार संघीय संसदको सदस्य नरहेको व्यक्ति पनि छ महिनासम्म मन्त्री हुन पाउँछन्। सोही व्यवस्थाअनुसार खतिवडा मन्त्री हुन लागेका हुन्।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...