कोरोनासँग लड्न के–के खाने ? जनस्वास्थ्य विज्ञ पाण्डेका सुझाव पढौं



हाम्रो इकोनोमि

 

कोभिड–१९ अर्थात् कोरोना भाइरसले अहिले संसार आक्रान्त छ । नेपाल पनि यसको उच्च जोखिममा रहेका कारण सरकारले विभिन्न हिसाबले चेतनाका काम गरिरहेको छ । यति हुँदाहुँदै पनि हाम्रो दैनिकीमा केही व्यवहार लागू गरे कोरोनासँग लड्न सकिन्छ ।

हाम्रो आकाश तथा धरतीमा करोडौं किटाणु छन् । त्यस मध्ये नोबेल कोरोना एउटा भाइरस हो ।

रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको बिकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । रोग प्रतिरोधात्मक क्षमता बढाउन निम्न उपाय अबलम्बन गरौँ ।

१. पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौं । हरियो सागसब्जी, फलफुल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति बिबिधता भयो, हामी त्यति स्वस्थ हुन्छौं । भिटामिन C, B6, E, Zinc लगायत पोषण पाउने खाना सेवन गरौँ ।

२. नियमित व्यायाम, योग, हाइकिंग गरौँ । खेल खेल्ने बानी बसालौं ।

३. घाममा बसौं ।

४. नियमित अनुलोम/विलोम गरौँ । यसले फोक्सोको कार्यक्षमता वृद्धि गर्दछ ।

५. चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौं ।

६. बिहान/बेलुका नियमित १-१ चम्चा घ्यु खाने गरौँ ।

७. लसुन, प्याज, टिमुर, जिरा, धनिया, अदुवा, बेसार, तील, मरौटि, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ ।

८. भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ ।

९. पर्याप्त मात्रामा सुतौं ।

१०. पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफुल नियमित खाएर शरीरलाई नियमित सिंचाई गरौँ ।

११. मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ ।

१२. दिल खोलेर हाँस्ने गरौँ ।

१३. नियमित चिया र कफी ( दुध/चिनी नहालेको ) सेवन गरौँ ।

१४. ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ ।

१५ . सरसफाइमा अल्छी नगरौं ।

– डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...