खतिवडालाई दोस्रो पटक अर्थमन्त्री बनाउने गोप्य तयारी



हाम्रो इकोनोमि

 

अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको कार्यकाल मंगलबार मध्यरातमा सकिँदैछ । त्यससँगै उनी मन्त्री पनि रहने छैनन् । स्रोतकाअनुसार कार्यकाल सकिनुअघि नै खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिने तयारी छ ।

तर उनको पुनः नियुक्त हुनेछ । नेकपा उच्च स्रोतकाअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले खतिवडालाई संविधानको धारा ७८ अनुसार पुनः अर्थमन्त्री नियुक्त गर्नेछन् ।

धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री नियुक्त गर्न सकिनेछ । र, यसरी नियुक्त मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता पाइसक्नु पर्नेछ ।

अर्थमन्त्री डा .युवराज खतिवडाले राजिनामा दिने

अर्थमन्त्री डा .युवराज खतिवडाले आज राजिनामा दिने भएका छन् । राष्ट्रियसभामा उनको कार्यकाल सकिन लागेकाले उनले राजिनामा दिन लागेका हुन् ।

नेकपाको स्थायी समितिले बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरिसकेको छ । यद्यपी पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली उनको पक्षमा उभिएका थिए । तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनित हुने सिटमा कसैको नाम सिफारिस नगरेपछि राजिनामा दिन खतिवडा बाध्य भएका हुन् ।

अर्थमन्त्रीका रुपमा खतिवडा अलोकप्रिय भए । व्यवसायी मात्र होइन पार्टीकै कार्यकर्ता मात्र उनको कार्यशैलीसँग रुष्ट थिए । देशको अर्थतन्त्रलाई पनि कुनै योगदान दिन सकेनन् । राजनीतिक पृष्ठभुमीका व्यक्ति नभएको र जीवनभर जागिरे भएकाले उनले अर्थतन्त्रलाई भिजन दिन नसकेको आरोप छ ।

 

राजश्वका लक्ष्य समेत पुरा गर्न सकेनन् । मध्यमवर्गलाई प्रताडित बनाउने नीतिका कारण पनि उनी अलोकप्रिय भए । अहिले राजिनामा दिएपनि फेरि ६ महिनासम्मलाई पनि अर्थमन्त्री बनाउन सकिने संवैधानिक प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...