अर्थमन्त्री डा .युवराज खतिवडाले राजिनामा दिए



हाम्रो इकोनोमि

 

अर्थमन्त्री डा .युवराज खतिवडाले आज राजिनामा दिने भएका छन् । राष्ट्रियसभामा उनको कार्यकाल सकिन लागेकाले उनले राजिनामा दिएका हुन् ।

नेकपाको स्थायी समितिले बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरिसकेको छ । यद्यपी पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली उनको पक्षमा उभिएका थिए । तर, आइतबारको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिबाट मनोनित हुने सिटमा कसैको नाम सिफारिस नगरेपछि राजिनामा दिन खतिवडा बाध्य भएका हुन् ।

अर्थमन्त्रीका रुपमा खतिवडा अलोकप्रिय भए । व्यवसायी मात्र होइन पार्टीकै कार्यकर्ता मात्र उनको कार्यशैलीसँग रुष्ट थिए । देशको अर्थतन्त्रलाई पनि कुनै योगदान दिन सकेनन् । राजनीतिक पृष्ठभुमीका व्यक्ति नभएको र जीवनभर जागिरे भएकाले उनले अर्थतन्त्रलाई भिजन दिन नसकेको आरोप छ । राजश्वका लक्ष्य समेत पुरा गर्न सकेनन् । मध्यमवर्गलाई प्रताडित बनाउने नीतिका कारण पनि उनी अलोकप्रिय भए । अहिले राजिनामा दिएपनि फेरि ६ महिनासम्मलाई पनि अर्थमन्त्री बनाउन सकिने संवैधानिक प्रावधान छ ।

युवराज खतिवडासहित १८ जना सांसदको आजदेखि जागिर

चट्

राष्ट्रियसभाको दुईवर्षे कार्यकाल पूरा गरेर १८ जना सांसदहरु सोमबारबाट बिदा हुँदैछन् । बिदा हुनेमा नेकपाका ८, कांग्रेसका ६, राजपाका २, समाजवादीको १ र राष्ट्रपतिबाट मनोनित एकजना सांसद् छन् ।

अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाको कार्यकाल पनि आजबाटै सकिँदैछ । उनी राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्यमा मनोनित भएका थिए ।

दुईवर्षे कार्यकाल सकिने नेकपाका सांसदहरुमा हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपाली छन् ।

कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईसहित विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ । दुईवर्षे कार्यकाल भएका कांग्रेसका अर्का सांसद दुर्गाप्रसाद उपाध्यायको भने निधन भइसकेको छ ।

यसैगरी राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षे कार्यकाल सकिँदैछ ।

राष्ट्रियसभा सदस्यहरुको कार्यकाल गोलाप्रथाबाट निश्चित गरिएको थियो । ५९ सदस्यीय राष्ट्रियसभामा कांग्रेसले १३ सिट पाएको थियो । त्यसमा चिठ्ठा तान्दा ७ जना कांग्रेस सांसद दुईवर्षे कार्यकालमा परेका थिए ।

१८ जना सांसदको दुई वर्षे कार्यकाल सकिएर राष्ट्रियसभा सदस्य पद रिक्त हुनुअघि नै गत माघ ९ गते सातवटै प्रदेशमा चुनाव भएको थियो । जसमा नेकपाका १६ र राजपाका २ जना उम्मेदवार निर्वाचित भएका छन् । उनीहरुको सपथ ग्रहण मंगलबार हुँदैछ ।

डा. युवराज खतिवडाको ठाउँमा भने कसैको नाम सिफारिस हुन सकेको छैन । वामदेव गौतमको नाम सिफारिस गर्न नेकपा सचिवालयले निर्णय गरे पनि प्रधानमन्त्री ओलीले मानेका छैनन् । डा. युवराज खतिवडाले आफू दोहोरिने दाबी गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...