नेता र न्यायाधीशको सम्पत्ति विवरण सार्वजनिक हुनुपर्छ- शेरबहादुर तामाङ



हाम्रो इकोनोमि

 

केन्द्रीय कमिटीमा नेताहरूको जीवनशैली अपारदर्शी र भड्किलो भएको विषय निकै उठ्यो । नेतृत्वले त्यसमा सुधार ल्याउने प्रतिबद्धता पनि जनाए । तर, केही दिनअघि मात्र प्रधानमन्त्रीका अति विश्वासिला मानिने एकजना मन्त्रीले करोडौंको कमिसन डिल गरिरहेको अडियो टेप सार्वजनिक भयो । समय क्रमले समस्या समाधान गर्छ भने पनि पछिल्लो प्रकरणले नेकपा ठीक दिशामा गइरहेको छैन भन्ने त पुष्टि गर्छ होला नि ?

एकदमै जायज कुरा हो, केन्द्रीय कमिटीको बैठकमा नेताहरूको जीवन शैली, आर्थिक पाटोका विषयमा ब्यापक प्रश्न उठ्यो । त्यसैकारण केन्द्रीय कमिटीले एउटा निष्कर्ष पनि निकाल्यो कि, पार्टीजीवनमा विभिन्न समयमा सार्वजनिक पदमा बस्ने वा पार्टीका जिम्मेवार पदमा बस्ने नेताहरूले पार्टीमा सम्पत्ति विवरण बुझाउने ।

बुझाएको सम्पत्ति विवरणप्रति आशंका लागे अनुशासन आयोगले छानबिन गर्ने । हामी भनिरहेका छौँ, पार्टीको अनुशासन आयोगले छानबिन गरेर मात्र पुग्दैन । प्रत्येक सार्वजनिक पद धारण गरेका व्यक्तिको सम्पत्ति विवरण सार्वजनिक गर्ने गरी राज्यको कानुन नै बनाऔँ । त्यस्तो व्यवस्था बनाउन सक्दा जिम्मेवारी पाएका बेला ब्यक्तिहरू आर्थिक प्रभावमा फस्ने खालको स्थिति बन्दैन ।

यो कानुनको अभावकै कारणले व्यक्तिहरू कहिले काँही जिम्मेवारी पाएका बेला आर्थिक प्रलोभनमा फस्ने, जसको कारणले गर्दा पार्टी पनि बदनाम हुने स्थिति बन्दोरहेछ । मूलतः भ्रष्टाचारको मुद्दामा पार्टीले सून्य सहनशीलता भनिरहेकोले कहीँ कसैबाट भ्रष्टाचार भए त्यसलाई छाड्नु हुन्न । अरु पार्टीका नेता–कार्यकर्ता, अरु व्यक्तिव्यक्तित्वहरूले पनि तिनलाई दण्डनीय बनाउने अझ कडा कानुनी व्यवस्था गर्नुपर्ने अवस्था छ ।

हाम्रो पार्टी सरकारमा बसिरहेकाले अलि बढी जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्ने हुन्छ । र, त्यसरी प्रस्तुत गर्नुको सट्टा कहिले काँही जिम्मेवार पदमै रहेकाहरू आर्थिक चलखेलमा बार्गेनिङमा पर्ने खालको स्थिति पछिल्लोकालमा देखा पर्दै गएको छ ।

कतिपय घटना मिडियाले थाहा पाएको कारणले बाहिर आयो । यसरी बाहिर नआएका कयौँ अझ ठूलठूला घटना हुन सक्छन् । त्यसो पटक्कै नहोस् भनेर सम्पत्ति विवरण बुझाउने मात्र होइन, सार्वजनिक गर्ने कानुन नै बनाउनुपर्ने हुन्छ । त्यसो गर्दा पार्टी त जोगिन्छ नै, पार्टीका नेता–नेतृत्व पनि जोगिन्छ । र, सिंगै समाजलाई पनि भ्रष्टाचारमुक्त समाज बनाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
रुकुमपश्चिममा जीप दुर्घटना, २ को मृत्यु, ९ जना घाइते

  रुकुमपश्चिममा जीप दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । आइतबार...

भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...