प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै २४ घण्टे पूजा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दोस्रो पटक मृगौला प्रत्यारोण गराउन सोमबार अस्पताल भर्ना भएका छन् । यसैबीच,प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती शक्तिपीठमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान सुरु गरिएको छ।

नागरिक सञ्‍चाल सप्तरीले पहल गरेर शक्तिपीठमा २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपन सफलतापूर्वक होस् तथा उहाँको अति शीघ्र स्वास्थ्यलाभको कामनासहित दुई दिने अखण्ड दिप प्रज्जवलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो हो । धार्मिक अनुष्ठानमा एक दर्जनभन्दा बढी साधुसन्तको उपस्थिति रहेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको यही बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई यसपटक कसले मिर्गौला दिँदैछन् त ? सर्वश्व चासोको विषय बनेको छ ।

यसपटक प्रधानमन्त्री ओलीले झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछन् । आइतबार मात्र प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा समीक्षालाई चिनाएका थिए । तर, उनको नाम खुलाइएको थिएन ।

३२ वर्षीया समीक्षा झापा, चारआलीकी हुन् । स्रोतका अनुसार समीक्षा प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गाैला दान दिने अञ्जान घिमिरेकी भान्जी हुन् । उनी प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता पर्छिन् ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...