प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गर्दै २४ घण्टे पूजा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो दोस्रो पटक मृगौला प्रत्यारोण गराउन सोमबार अस्पताल भर्ना भएका छन् । यसैबीच,प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्दै सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता भगवती शक्तिपीठमा सोमबारदेखि २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान सुरु गरिएको छ।

नागरिक सञ्‍चाल सप्तरीले पहल गरेर शक्तिपीठमा २४ घण्टे अखण्ड दीप प्रज्वलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीज्यूको मिर्गौला प्रत्यारोपन सफलतापूर्वक होस् तथा उहाँको अति शीघ्र स्वास्थ्यलाभको कामनासहित दुई दिने अखण्ड दिप प्रज्जवलन तथा धार्मिक अनुष्ठान सुरु गराएको हो हो । धार्मिक अनुष्ठानमा एक दर्जनभन्दा बढी साधुसन्तको उपस्थिति रहेको छ ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको यही बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई यसपटक कसले मिर्गौला दिँदैछन् त ? सर्वश्व चासोको विषय बनेको छ ।

यसपटक प्रधानमन्त्री ओलीले झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछन् । आइतबार मात्र प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा समीक्षालाई चिनाएका थिए । तर, उनको नाम खुलाइएको थिएन ।

३२ वर्षीया समीक्षा झापा, चारआलीकी हुन् । स्रोतका अनुसार समीक्षा प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गाैला दान दिने अञ्जान घिमिरेकी भान्जी हुन् । उनी प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता पर्छिन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...