प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने ३२ वर्षीया समीक्षा को हुन् ?



 

प्रधानमन्त्री केपी शर्मा ओलीको यही बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई यसपटक कसले मिर्गौला दिँदैछन् त ? सर्वश्व चासोको विषय बनेको छ ।

यसपटक प्रधानमन्त्री ओलीले झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछन् । आइतबार मात्र प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा समीक्षालाई चिनाएका थिए । तर, उनको नाम खुलाइएको थिएन । ३२ वर्षीया समीक्षा झापा, चारआलीकी हुन् । स्रोतका अनुसार समीक्षा प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गाैला दान दिने अञ्जान घिमिरेकी भान्जी हुन् । उनी प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता पर्छिन् ।

केही समययता उनी प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लै आउजाउ गरिरहेकी थिइन् । आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान दिने महिलाबारे जानकारी गराएका थिए । शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गौला दिने महिलाको फाइल रेकर्डमा नाम दर्ता गरिएको छ । जसमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) लेखिएको छ । उक्त रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर समेत लेखिएको छ । समीक्षाका दुई सन्तान रहेको स्रातको भनाइ छ । केही दिनअघि मात्र समीक्षााके पनि स्वास्थ्य जाँच गरिएको बताइएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई जनताको सपना पूरा गराउने मानक भएका कारणले नै बचाउनका लागि मिर्गौला दिन राजी भएको उनले बताएकी छन् ।

प्रधानमन्त्री ओलीले देखाएका मुलुक समृद्धिको सपनालाई उनकै जीवनकालमा पूरा गराउनका निम्ति मिर्गौला दान गर्ने निर्णयमा पुगेकी समिक्षाले भनेकी छन्,‘यो मिर्गौला ओलीका लागि होइन, नेपालको भोलीका लागि हो ।’

समिक्षाको आत्मविश्वास जस्तै प्रधानमन्त्री सोमबार साँझ अस्पताल जानुअघि निक्कै प्रफूल्लित र आत्मविश्वासमा थिए । उनले देशको सपनालाई पूरा गर्नका लागि स्वस्थ्य भएर फर्किने भिडियो सन्देश जनताका लागि सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
चन्द्रागिरिको वनमा आगलागी

  काठमाडौंको चन्द्रागिरि नगरपालिकामा पर्ने केउरानी सामुदायिक वनमा आगलागी भएको छ ।आगलागी भएको

माओवादी कसैको बैशाखीबिना एक्लै लड्नसक्छौं : प्रचण्ड

     नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्यानीय तहको उपनिर्वाचन र

आठ महिनामा ९ खर्ब ८७ अर्ब वैदेशिक व्यापार घाटा

    नेपालबाट हुने वस्तु तथा सेवाहरूको निर्यात बढेको छ । चालु आर्थिक

चुच्चे नक्सा बुच्चे कुन व्यवस्था हुँदा भएको हो : प्रधानमन्त्री ओली

    प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भू-भाग भएको