प्रधानमन्त्री ओलीलाई मिर्गौला दिने ३२ वर्षीया समीक्षा को हुन् ?



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीको यही बुधबार महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण हुँदैछ । दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई यसपटक कसले मिर्गौला दिँदैछन् त ? सर्वश्व चासोको विषय बनेको छ ।

यसपटक प्रधानमन्त्री ओलीले झापाकी समीक्षा संग्रौलाले मिर्गौला दिँदैछन् । आइतबार मात्र प्रधानमन्त्रीले सचिवालयका सदस्यहरूलाई मिर्गौला दाताका रूपमा समीक्षालाई चिनाएका थिए । तर, उनको नाम खुलाइएको थिएन । ३२ वर्षीया समीक्षा झापा, चारआलीकी हुन् । स्रोतका अनुसार समीक्षा प्रधानमन्त्री ओलीलाई पहिलोपटक मिर्गाैला दान दिने अञ्जान घिमिरेकी भान्जी हुन् । उनी प्रधानमन्त्री ओलीको पनि ‘भान्जी’ नाता पर्छिन् ।

केही समययता उनी प्रधानमन्त्री निवास बालुवाटारमा बाक्लै आउजाउ गरिरहेकी थिइन् । आइतबारको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई मिर्गौला दान दिने महिलाबारे जानकारी गराएका थिए । शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मिर्गौला दिने महिलाको फाइल रेकर्डमा नाम दर्ता गरिएको छ । जसमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) लेखिएको छ । उक्त रेकर्ड फाइलमा समीक्षाका साथै उनका पतिको नाम र फोन नम्बर समेत लेखिएको छ । समीक्षाका दुई सन्तान रहेको स्रातको भनाइ छ । केही दिनअघि मात्र समीक्षााके पनि स्वास्थ्य जाँच गरिएको बताइएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्री ओलीलाई जनताको सपना पूरा गराउने मानक भएका कारणले नै बचाउनका लागि मिर्गौला दिन राजी भएको उनले बताएकी छन् ।

प्रधानमन्त्री ओलीले देखाएका मुलुक समृद्धिको सपनालाई उनकै जीवनकालमा पूरा गराउनका निम्ति मिर्गौला दान गर्ने निर्णयमा पुगेकी समिक्षाले भनेकी छन्,‘यो मिर्गौला ओलीका लागि होइन, नेपालको भोलीका लागि हो ।’

समिक्षाको आत्मविश्वास जस्तै प्रधानमन्त्री सोमबार साँझ अस्पताल जानुअघि निक्कै प्रफूल्लित र आत्मविश्वासमा थिए । उनले देशको सपनालाई पूरा गर्नका लागि स्वस्थ्य भएर फर्किने भिडियो सन्देश जनताका लागि सार्वजनिक गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...