प्रधानमन्त्री ओलीकाे मिर्गाैला प्रत्याराेपण डा.ज्ञवालीकाे टिमले गर्ने



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओली आज अस्पताल भर्ना हुँदैछन् ।

ओलीकाे दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुन लागेकाे छ । बुधबार महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण हुनेछ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले प्रत्यारोपणका लागि भर्ना हुन सबै तयारी पूरा भएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री ओलीको यसअघि ०६४ मा भारतको नयाँ दिल्लीमा मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

शिक्षण अस्पतालले जनाएअनुसार प्रधानमन्त्री ओलीकाे मिर्गाैला प्रत्याराेपणका लागि शिक्षण अस्पतालका युराेलाेजी तथा मिर्गाैला प्रत्याराेपण शल्यक्रिया विभागका प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वकाे टाेलीले शल्यक्रिया गर्नेछ ।

प्रत्याराेपण तयारीकै लागि दुई दिनअघि भर्ना गर्नुपर्ने चिकित्सककाे भनाइ छ । प्रधानमन्त्री ओलीकाे प्रत्याराेपण सामान्य रुपमा भए करीब पाँच दिन लाग्ने अस्पतालले जनाएकाे छ ।

प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि आजै मन्त्रिपरिषद्को नियमित बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...