कोरोना भाइरसको चेकजाँच गरे पूर्वराजा र रानीले



हाम्रो इकोनोमि

 

विदेशबाट फर्किदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाहलाई कोरोना भाइरसको चेकजाँच गरिएको छ । थाइल्याण्डबाट फर्किदै गरेका पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमललाई अन्तराष्टिय विमान स्थलमा चेकजाँच गरिएको हो ।

पूर्वराजाले कोरोना भाइरसको चेकजाँच गरेको भिडियो सार्वजनिक भएको छ । भिडियो सार्वजनिक गर्दै उनले विदेशबाट फर्किने सवैलाई कोरोना भाइरसको चेकजाँच गर्न सु्झाव दिएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई उच्च जोखममा राखेको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहले सवैलाई चेकजाँच गर्न आग्रह गरेका छन् । -WHO ले त्रासदीपुर्ण फैलीएको कोरोना भाईरस संक्रमण हुनसक्ने जोखिमयुक्त राष्ट्रमा हाम्रो राष्ट्रलाई समेत सुचिकृत गरेको छ । हामी सबै नेपालीहरुले यस भाईरससंग बच्नकोलागी उपयुक्त स्वास्थ जाँचहरु गर्न र गराउन मद्दत गरौं -भिडियो सार्वजनिक गर्दै पूर्वराजाले सामाजिक सञ्जाल ट्वीटरमा भनेका छन् ।

विदेशमा नेपाल आउनेलाई त्रिभुवन विमानस्थलमा चेकजाँच गर्न थालिएको छ । कोरोना भाइरस छिमेकी देश चीनमा फैलिएको लामो समयपछि नेपालको विमानस्थलमा चेक जाँच गर्न थालिएको हो ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...