बालुवाटारमा प्रधानमन्त्री ओलीको गोप्य छलफल, को – को गए भेटन



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफु निकटका नेताहरुसँग छलफल थालेका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेताहरुले आफुविरुद्ध घेराबन्दी गरेको वताउँदै आएका प्रधानमन्त्री ओलीले घेराबन्दी तोड्न बालुवाटारमा छलफल थालेका छन् ।

शनिवार ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाड र परराष्टमन्त्री प्रदीप ज्ञवालीलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन् । दैनिकजसो सचिवालय सदस्य इश्वर पोखरेलसँग सम्वाद गरिरहेका ओलीले महासचिव बिष्णु पौडेलसँग पनि धेरै पटक छलफल गरिसकेका छन् ।

सभामुख चयनदेखि वामदेव गौतमलाई राष्टियसभामा लिने निर्णय गर्दा ओली पार्टी सचिवालयमा अल्पमतमा परेका छन् । सभामुख चयनदेखि बनेकोे ओलीबिरुद्धको गठबन्धन कसिलो बन्दै गएको छ । ओलीले स्वइच्छाचारी निर्णय गर्न लागेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एउटा कित्तामा उभिएका छन् भने ओलीका पक्षमा उपप्रधानमन्त्री इश्वर पोखरेल छन् ।

म्हासचिव पौडेल ओली समुहका नेता भएपनि वामदेव गौतमलाई राष्टियसभामा लिन सचिवालयको निर्णय कार्यान्वयन गराउने पक्षमा छन् । तर ओली भने तत्काल गौतमलाई राष्टियसभामा लिने पक्षमा छैनन् । गौतमको ठाउँमा अर्थमन्त्री खतिवडालाई लिने पक्षमा उभिरहेका छन् ।

पार्टीको शीर्ष नेतृत्व दुई कित्तामा विभाजन भएपछि वरिष्ठ नेता माधव नेपालले विवाद घटाउन र समस्याको हल खोज्न निकै दौडधुप थालेका छन् । पार्टी सचिवालयको निर्णय कार्यान्वयन गराउने पक्षमा दृढरुपमा उभिएका नेपालले प्रधानमन्त्री ओलीलाई मनाउने प्रयास थालेका छन् । तरपनि नेता नेपालको प्रयास सफल भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...