गगन थापाले भने अर्थमन्त्रीसँग बहस गर्न तयार छु



हाम्रो इकोनोमि

 

पुस्तक करका बिषयमा अर्थमन्त्री युवराज खतिवडाले भनाईलाई नेपाली कांग्रेस नेता गगन थापाले प्रतिवाद गरेका छन् । सुचना तथा सञ्चारमन्त्रीको समेत जिम्मेवारी समाल्दै आएका खतिवडाले पुस्तकमा कर लगाएको तर ज्ञानमा कर नलगाएको बताएका थिए ।

सरकारका निर्णय सार्वजनिक गर्दै मन्त्री खतिवडाले पुस्तकमा लगाइएको कर नहटाउन र यसका बिषयमा आफु जहाँ पनि बहस गर्न तयार रहेको बताएका थिए । ‘पुस्तकमाथी लागेको कर हट्दैन, रु यस बिषयमा बहस गर्न म तयार छु’ अर्थमन्त्री खतिवडाले भनेका थिए ।

खतिवडाको भनाईलाई प्रतिवाद गर्दै कांग्रेस नेता गठन थापाले अर्थमन्त्री खतिवडालसँग बहस गर्न आफु तयार रहेको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले ‘बहस गर्न कहाँ आउँ ?’ भन्दै अर्थमन्त्रीलाई प्रश्न समेत गरेका छन् ।

‘विद्धान अर्थमन्त्रीज्यूले भन्नुभएछ– पुस्तकमा कर लगाएको हो, ज्ञानमा होइन, करको विषयमा बहस गर्न तयार छु । मन्त्रीज्यू हामी पनि तयार छौं,’ उनले ट्वीटरमा लेखेका छन् ‘बहस कहाँ गरौं–संसदमा, विश्वविद्यालयमा वा माइतीघर मण्डलामा ?

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...