प्रचण्डले भने सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नैपर्छ



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बामदेव गौतमलाई राष्ट्रियसभामा मामोनित गर्ने निर्णय प्रधानमन्त्रीले मान्ने विश्वास व्यक्त गरेका छन् ।

गौतमबारे सचिवालयले सर्वसम्मत निर्णय गरेको भन्दै उनले भने, प्रधानमन्त्रीजीले मान्नैपर्छ, उहाँले मान्नुहुन्छ । तपाईहरुले एक दुई दिनमा थाहा पाइहाल्नुहुन्छ ।’

उनले अघि भने, ‘उहाँ र मेरो संयुक्त अध्यक्षतामा बसेको सचिवालय बैठकले सर्वसम्मत गरेको निर्णयलाई उहाँले अवज्ञा गर्नुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिनँ । त्यसैले गर्नु भएन भने के भन्नेतिर म अहिले जान चाहन्नँ ।’

तर प्रधानमन्त्रीले त अर्थमन्त्री डा. युवराज खतिवडालाई दोहोर्‍याउन चाहनु भएको छ नि भन्ने प्रश्नमा प्रचण्डले भने, ‘अर्थमन्त्री हुनका लागि राष्ट्रियसभामा जानैपर्छ भन्ने पनि छैन । हाम्रो अहिलेको संवैधानिक व्यवस्थाअनुसार ६ महिनाका लागि राष्ट्रियसभामा नगएपनि मन्त्री बनाउने अधिकार प्रधानमन्त्रीलाई छ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...