मैले रवीन्द्र अधिकारीलाई शुभयात्रसम्म भन्न पाइँन : विद्या भट्टराई



हाम्रो इकोनोमि

 

तत्कालीन संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएको बिहिबार एक वर्ष पुगेको छ । गत वर्ष फागुन १५ गते ताप्लेजुङको चुहान डाँडामा हेलिकप्टर दुर्घटनामा परी तत्कालीन मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । एक अन्र्तवार्तामा बोल्दै स्वर्गीय रवीन्द्र अधिकारीकी पत्नी प्रदेश सांसद विद्या भट्टराईले यो एक वर्ष आफ्नो लागि अत्यन्तै कष्टकर भएका बताएकी छिन् ।

विद्याले भनिन् ‘संसारका सबैभन्दा धेरै मायाँ गरेको मान्छे रवीन्द्र हो’ । निर्वाचनमा जाने समयमा पनि आफूले रवीन्द्रको धेरै साथको अभाव महशुस गरेको उनको भनाई रहेको थियो । आज पनि परिवारका सबैजना जम्मा हुँदा उहाँको अभाव सधै खड्किरहन्छ उनले भनिन् । विद्याले गत फागुन १५ गतेको दिनलाई यसरी स्मरण गरिन् , ‘त्यो दिन मलाई आज पनि कहाली लाग्छ । म त्यो दिन पनि काममा दिएँ म काममा भएका बेलामा केहि अपुष्ट समाचार आए । मलाई फोन आउन थाले फोनमा एकजनाले अपुष्ट समाचार प्राप्त भएको छ म पनि बुझ्छु तपाई पनि नआत्तिकन बुझ्नुस म पनि बुझ्छु भन्नु भयो । मलाई डर लागेर मैले फेसबुक पनि खोलेर हेर्न सकिन । साँझ पाँच बजेका घटनाको पुष्टि भयो’ ।

‘त्यो दिन बिहान म शारिरिक व्यायम गर्दै थिएँ । उहाँ बिहानै उठ्नु भयो । अनि उहाले म दिउँसो आउछु संगै खाजा खाउँला भन्नुभएको थियो । सधै उहाँ बाहिर जाने समयमा शुभयात्रा भन्ने गरेकीँ थिए तर त्यो दिन शुभयात्रा पनि भन्न पाइँन । आज पनि रवीन्द्र हुनुहुन्न भनेर भन्दा मलाई धेरै गा¥हो हुन्छ त्यसैले आज पनि संगै हुनुहुन्छ भनेर भ्रममा बाँचिरहेकी छु’ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...