ओलीले भने गोकुल बाँस्कोटाको अडियोमा विश्वसनीयता छैन, पत्रु उजुरी हो



हाम्रो इकोनोमि

 

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सेक्युरिटी प्रेस खरिद प्रकरणमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा बोलेको अडियोमा विश्वसनीयता नहरेको बताएका छन् ।

बिहीबार नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको पार्टी एकता सुदृढिकरण र समृद्धिका लागि राष्ट्रिय अभियानको सन्दर्भमा आयोजित राजनैतिक प्रशिक्षण कार्यक्रममा उनले अडियोमा विश्वस्नीयता नभएको दाबी गरे ।

यसै विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका सन्दर्भमा आफ्नो पनि नाम जोडिएको भन्दै उनले त्यसलाई पत्रु उजुरीको संज्ञा दिए ।

‘बाँस्कोटाजी प्रमाणीत भए जेल सजाय जानुहुन्छ, मुद्दा पनि चलेको छैन । मेरो पनि नाममा उजुरी हालेको छ । यही त्यसो हो भने त्यो काम नलाग्ने पत्रु उजुरी हो,’ उनले भने ।

‘अडियो रेकर्ड गरेको छु भन्दैमा हुन्न, त्यो विषयमा दुई देशका सरकारको कुरा भएको छ, स्वीससँगको सन्दर्भमा कुरा नै होइन, सबै आन्दोलन गर्ने र शत्रुता बढाउने खेल हो, सरकार भ्रष्टाचारको बाटो समाउँदैन,’ उनले भने ।

उनले सरकारको अबको कार्यभार विकास निर्माण भएको तर्क गरे । देशमा सुशासन, विकास आवश्यक रहेको भन्दै त्यसैमा सबै जुटेर लाग्ने बताए ।

उनले सरकार सुशासन र सदाचारको पक्षमा रहेको, भ्रष्टाचारीलाई कारबाही गर्ने काम जारी छ । आर्थिक अपराध होस् वा १२÷१३ वर्षअघिदेखिका वित्तीय अपराधका कामको उजागर गरिएको समेत दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...