नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना



हाम्रो इकोनोमि

 

नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ । सीपी मैनाली चढेको गाडी अर्को गाडीसँग ठोक्किदा उनी घाइते भएका छन् । प्रहरीका अनुसार उनको टाउको र खुट्टामा चोट लागेको छ ।

झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको हो ।

दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईले जानकारी दिए ।

महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...