नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी दुर्घटना



हाम्रो इकोनोमि

 

नेकपा मालेका महासचिव सीपी मैनाली चढेको गाडी महोत्तरीको बर्दिबासमा दुर्घटना भएको छ । सीपी मैनाली चढेको गाडी अर्को गाडीसँग ठोक्किदा उनी घाइते भएका छन् । प्रहरीका अनुसार उनको टाउको र खुट्टामा चोट लागेको छ ।

झापाबाट महासचिव मैनाली, उनका छोरा, बुहारी, नाति र चालकसहित काठमाडौंतफैै आउँदै गरेको बा ७ च २१२० नम्बरको कार बर्दिबासस्थित वीपी राजमार्गको कालापानीमा विपरीत दिशाबाट आएको ना ४ च ७६८० नम्बरको भ्यानसँग ठोक्किएको हो ।

दुर्घटनामा परी मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पूजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाति एन मैनाली र चालक रामप्रसाद पौडेल घाइते भएका छन् ।

दुर्घटनामा मैनाली र बुहारी पुजा गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय बर्दिवासका डीएसपी राजन चापागाईले जानकारी दिए ।

महासचिव मैनालीको टाउको र खुट्टामा चोट लागेको छ । घाइतेहरुको बर्दिवासस्थित बर्दिवास जनसेवा हस्पिटलमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउने तयारी भइरहेको नेकपाका केन्द्रिय सदस्य प्रकाश पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...