राष्ट्रिय सहमति विना संविधान संशोधन हुदैन : देव गुरुङ



हाम्रो इकोनोमि

 

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देव गुरुङले राष्ट्रिय सहमति विना संविधान संशोधन सम्भव नभएको बताएका छन् ।

अहिलेको संविधानमा धेरै परिमार्जन गर्नुपर्ने विषय भए पनि राष्ट्रिय सहमति नबन्दासम्म संशोधन सम्भव नभएको उनले बताए । संविधान सम्झौताको दस्तावेज भएको उल्लेख गर्दै उनले राष्ट्रिय सहमति जुटेको खण्डमा संशोधन गर्न सकिने बताए ।

राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संशोधन गर्न नेकपाले कार्यदल बनाएको थियो, तर यसको चौतर्फी विरोध भएपछि नेकपा आफैंले कार्यदल भङ्ग गरेको छ ।

नेकपा नेता गुरुङले अमेरिकी सहयोग परियोजना मिलेनियम च्याजेञ्ज कर्पोरेसन (एमसीसी) का विषयमा कार्यदलको सुझावअनुसार सचिवालयले निर्णय गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...