प्रचण्ड निवास खुमलटारमा गोप्य भेला, यस्तो छ षड्यन्त्र



हाम्रो इकोनोमि

 

बुधवार नेकपा सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको थियो । तर मंगलवार दिनभर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा मुख्य दुई बैठक बसे । एउटा राजनीतिक, अर्काे ब्यापारिक घराना । दुवै बैठकको लक्ष्य एउटै थियो पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्टिय सभा सदस्यमा मनोनित गर्ने ।

मंगलबार दिउँसो चार जना ठुला ब्यापारिक घरानाका प्रमुख ब्यक्तिहरु प्रचण्ड निवास खुमलटार पुगेका थिए । ब्यापारी अजयराज सुमार्गी, चौधरी ग्रुपका प्रमख तथा कांग्रेस सांसद विनोद चौधरीसहित चार जना प्रचण्ड निवासमा पुगेका थिए । ग्लोवल आइएमई बैंकका प्रमुख चन्द्र ढकाललाई पनि बोलाइएको थियो । तर उनी पुगेनन् ।

ब्यापारिक समुहसँग लगभग दुई घण्टा छलफल भएको थियो । अध्यक्ष प्रचण्डले उनीहरुसँग सम्वाद गरिरहेका बेला उपाध्यक्ष वामदेव गौतम पनि पुगेका थिए । वर्तमान अर्थमन्त्री खतिवडाका ठाउँमा गौतमलाई राष्टिय सभामा मनोनित गर्ने र उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बनाउने बिषयमा छलफल भएको स्रोतले बतायो । प्रचण्ड निकट स्रोतकाअनुसार उपप्रधानमन्त्री बनेर गौतम जाँदा उनी कार्यबहाक बन्न सक्ने आँकलन पनि गरिएको थियो ।

प्रधानमन्त्री ओली मृगौला प्रत्यारोजनको तयारीमा छन् । त्यस बेला लामो समयसम्म कार्यबहाक गौतमलाई बनाउने गरी राष्टिय सभा सदस्य बनाउने निस्कर्ष निस्केको थियो ।

ब्यापारिक घरानासँगको छलफल पछि राजनीतिक छलफल शुरु भएको थियो । राजनीतिक छलफलमा प्रचण्ड, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधव नेपाल र उपाध्यक्ष वामदेव गौतम थिए । ब्यापारिक घरानासँग भएको छलफलकै आधारमा निस्कर्ष निकालेका थिए ।
बुधवार दिउँसो बालुवाटारमा नेकपा सचिवालय बैठक बस्यो । प्रचण्डले गौतमलाई राष्टिय सभा सदस्यमा मनोनित गर्ने प्रस्ताव गरे ।

प्रधानमन्त्री बन्न पाए मात्र राष्टियसभामा जान्छु भन्ने नमिल्ने भन्दै प्रचण्डले राष्टिय सभाका लागि प्रस्ताव गरेका थिए । प्रचण्डको प्रस्तावमा लगभग सवै नेता सहमत भए ।

बैठक सकिएको केही समयपछि ओलीले ब्यापारिक घरानासँगको खुमलटार बैठक थाहा पाए । लगतै उनले नेता माधवकुमार नेपाल र उपप्रधानमन्त्री इश्वर पोखरेललाई बालुवाटार बोलाए । बालुवाटारमै ओलीले ब्यापारिक घरानामा षडयन्त्रमा नफस्ने जनाउँ दिए ।

“ठूला व्यापारी घरानाहरू सरकार गिराउन लागिपरेका छन् । उनीहरूको इच्छा पूरा हुनेगरी सचिवालयका नेताहरू लागि पर्नु दुःखद् हो ” नेपालसँग ओलीले भने “यो सबै अर्थमन्त्रीलाई रोक्ने डिजाइनमा भइरहेको छ । अर्थमन्त्रीलाई ठूला व्यापारी घरानाले रुचाइरहेका छैनन् । उनीहरू सरकारै गिराउने योजनामा छन् । तपाईंहरू उनीहरूको षड्यन्त्रको मतियार बन्दै हुनुहुन्छ, ।”

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...