संविधान संशोधनमा जुवा खेलिन्न : ईश्वर पोखरेल



हाम्रो इकोनोमि

 

सत्तारूढ नेकपाले संविधान संशोधनका लागि थालेको गृहकार्यप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आपत्ति जनाएका छन् । उनले संशोधनको गृहकार्य नाजायज भएको टिप्पणी गर्दै यसलाई ढाँटछलको संज्ञा दिएका छन् ।

‘अभ्यास, अनुभव र औचित्यका आधारमा मात्र संविधान संशोधन हुनसक्ने कुरा गर्दै आएकाहरूबाट यतिबेला एकाएक संविधान संशोधनको कुरा सुनिँदैछ,’ उपप्रधानमन्त्रीसमेत रहेका नेकपाका प्रभावशाली नेता पोखरेलले मंगलबार ट्विट गरेका छन्, ‘मानिसहरू यो सुनेर उदेक मान्दैछन् ।’

संविधान संशोधनको गृहकार्य थाल्नुअघि त्यो केका लागि भनेर प्रष्ट पार्नुपर्ने पोखरेलको भनाइ छ । ढाँट र छल गरेर धेरै दिन नटिक्ने भन्दै उनले राजनीति गरे पनि जुवा नखेल्ने चेतावनी दिएका छन् ।

‘केका लागि संशोधन ! खराखरी बहस गर्नेबेला आएजस्तो छ । कुरा लुकाएर, ढाँटछल गरेर कति दिन चल्छ, कसरी चल्छ ? राजनीति गरिन्छ, जुवा खेलिन्न !,’ पोखरेलले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

नेकपाले हालै संविधान संशोधनका लागि वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल गठन गरेको छ । संविधान संशोधनको गृहकार्यका निम्ति यस्तो कार्यदल गठन गरिए पनि स्वयं नेकपाभित्रै यसको चर्को विरोध भएको छ । कार्यदल सदस्यहरूले नै संविधानको औचित्यमाथि प्रश्न उठाउँदै त्यसमा बस्न इन्कार गरेका छन् ।

नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेर प्रधानमन्त्री बनाउने योजनाअनुरूप एकाएक संविधान संशोधनको विषय आएको अधिकांशको बुझाइ छ । हालको संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभा सदस्यमात्र प्रधानमन्त्रीको उम्मेदवार हुन पाउँछ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...