वामदेव प्रधानमन्त्री बन्ने कुराले नेकपामा गोलमाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमको प्रधानमन्त्री बन्ने सपना फेरी एक पटक चकनाचुर भएको छ । आफ्नै निवास भैसेपाटीमा नेकपाका शीर्ष नेताहरुसँग गुट भेला गरेर राष्टिय सभाको बाटोबाट प्रधानमन्त्री बन्ने सपना देखेका थिए । गुट भेलामा सहभागी नेताहरु उनका सपनाका पात्र त बने तर निर्णायक बन्न सकेनन् । पार्टीकै केही नेता फेरी भिलेन बनेर उदाए र गौतमको निन्द्रा भंग भयो ।

गत शनिवार नेकपा सचिवालय बैठकले राष्टियसभाबाट पनि प्रधानमन्त्री बन्ने गरी संविधान संशोधनको कार्यदल बनाएको थियो । वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदल नेकपाकै गर्भमा तुहिएको छ । संविधान संशोधन कार्यदलका सदस्यहरु सुवास नेम्वाड र खिमलाल देवकोटा थिए । दुवै जनाले एउटा ब्यक्तिलाई प्रधानमन्त्री बनाउन संविधान संशोधन हुन नसक्ने जिकिर गर्दै कार्यदलमा बस्न अस्वीकार गरेका छन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल गौतमका पक्षमा भएपनि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र सचिवालय सदस्य इश्वर पोखरेल विपक्षमा देखिए । सचिवालयको गोप्य निर्णय पनि प्रधानमन्त्री कार्यालयबाटै बाहिरिएको थियो । एउटा ब्यक्तिलाई प्रधानमन्त्री बनाउने गरी संविधान संशोधन गर्न खोज्दा नागरिकको प्रतिक्रिया बुझन पनि प्रधानमन्त्री कार्यालयले यो सुचना बाहिर पठाएको हो ।

कार्यदल बनेको सुचना बाहिर आएपछि चौतर्फी विरोध भएको छ । पार्टीभित्र र बाहिर चौतर्फी विरोेध भएपछि नेकपा संविधान संशोधनबाट पछि हट्ने निश्चित भएको छ । संविधान संशोधनबाट पछि हटेपछि चोर बाटोबाट प्रधानमन्त्री बन्ने वामदेव गौतमको सपना नेकपाको गर्भमै पतन भएको छ ।

संविधान संशोधन गरेर भएपनि राष्टिय सभाबाट प्रधानमन्त्री बनाउने आश्वास पाएका गौतमले संविधान संशोधनको खाका पनि तयार गरेका थिए । स्रोतकाअनुसार उनले संविधानको कुन कुन धारा निलम्बन गर्ने र कुन कुन धारामा के थप्ने बिषयमा उनले खाका तयार गरेका थिए ।

केही दिनअघि आफुनिकटका कानुन ब्यवसायीहरुसँग छलफल गरी गौतमले खाका तयार पारेका हुन् । तर खाका बुझाउनुअघि नै कार्यदल कोमामा पुगिसकेको छ । चौतर्फी विरोध भएपछि वरिष्ठ नेता माधवकुमार नेपाल पनि छलफलबिना अघि नबढने मनसायमा पुगेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...