प्रदेश २ को सरकार ढल्छ : प्रचण्ड



हाम्रो इकोनोमि

 

प्रदेश २ मा राजपासँगको संयुक्त सरकारको नेतृत्व समाजवादीले गरिरहेको छ । समाजवादीका नेता मोहम्मद लालबाबु राउत मुख्यमन्त्री छन् । उक्त पार्टी केन्द्र सरकारबाट बाहिरिनु र राजपाले राष्ट्रियसभा निर्वाचनमा नेकपासँग तालमेल गर्नुले प्रदेश सरकार कति टिक्ला भनेर आशंका उब्जिएको थियो ।

नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रदेश सरकार परिवर्तनको संकेत गरेका छन् । ‘यत्ति भन्छु– राजपासँग पनि फोरमसँग पनि कुरा चलिरहेको छ’, उनले आइतबार धनुषामा पत्रकारसँग भने । उनले झन्डै एक वर्षअघि पनि प्रदेश सरकार ढाल्ने चेतावनी दिएका थिए ।

‘ठूलो पार्टी हुनुको नाताले विभिन्न चलखेल गर्ने हो भने त अहिले पनि सरकार ढल्न सक्छ’, उनले भनेका थिए, ‘उहाँहरुले बनाएको सरकार राम्रो काम गर्नुहोस्, हाम्रो साथ हुन्छ भनेको हो । तर, यहाँसम्म आइपुग्दा जे देखियो झन् बढी भ्रष्टाचार, झन् बढी बेइमानी । अहिले त योजना निर्माणमा व्यक्ति–व्यक्तिको योजनासुद्ध रेडबुकमा छ भन्ने सुन्दा मलाई आश्चर्य लाग्यो । यही स्थिति हो भने हामीले बीचैमा पनि सरकारको नेतृत्व लिनुपर्ने परिस्थिति आउन सक्छ ।’

मुख्यमन्त्री राउतले राजपा–नेकपा सहकार्यले सरकार ढल्ने कुरा ‘मिडियाको कोकोहोलो’ मात्रै भएको दाबी गरेका थिए । प्रदेश सरकार रहिरहने उनको भनाइ थियो । उनले यो वर्षको सुरुमै बहुमत पुर्याएर प्रदेश २ मा सरकार बनाएर देखाउन प्रचण्डलाई चुनौती दिएका थिए । प्रचण्डको धम्कीबाट आफू नडराउने उनको भनाइ थियो । उनले संघीय सरकारविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् । प्रदेश २ सरकार स्थापना भएको दुई वर्ष पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...