गौतम अंकगणितमा कमजोर तर निर्णय प्रक्रियामा प्रभावशाली



हाम्रो इकोनोमि

 

चार सय ४१ सदस्यीय केन्द्रीय कमिटीमा गौतम पक्षका करिब एक दर्जन केन्द्रीय सदस्य छन् । अहिलेसम्म १० जनाले खुलेर उनलाई साथ दिँदै आएका छन् । यो केन्द्रीय कमिटीको तीन प्रतिशत हिस्सा हो । उमा कोइराला, केशवलाल श्रेष्ठ, गणेशसिंह ठगुन्ना, दलबहादुर राना, बलराम बाँस्कोटा, यामलाल कँडेल, राधा ज्ञवाली, सावित्राकुमारी भुसाल, हरिप्रसाद पराजुली, लक्ष्मणराज ज्ञवाली गौतम समूहमा छन् । स्थायी समितिमा गौतमका कोही पनि छैनन् । विगतमा उनलाई साथ दिँदै आएका गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री किरण  गुरुङ र स्थायी समिति सदस्य रघुवीर महासेठले साथ छाडेका छन् । त्यस्तै, केन्द्रीय कमिटी सदस्य तथा भूमि सुधार तथा व्यवस्थामन्त्री पद्मा अर्याल र केन्द्रीय सदस्य मोहन बानियाँ पनि ओली समूहतिर लागेका छन् । सचिवालय र स्थायी समितिमा एक्ला गौतम पछिल्ला दिनमा केन्द्रीय कमिटीमा पनि निर्णायक मानिन छाडेका छन् । गणितीय रूपमा कमजोर भए पनि राजनीतिक रूपमा उनी प्रभावशाली छन् ।

कांग्रेस नेता कृष्ण सिटौला भन्छन्–यो नेकपाभित्रको तानातान र गठजोडको विषय हो, राष्ट्रको विषय बन्न सक्दैन

सत्तारुढ नेकपा राष्ट्रिय सभाको सांसदलाई पनि प्रधानमन्त्री बनाउन पाइने गरी संविधान संशोधन गर्ने गृहकार्यमा छ, यसबारे कांग्रेसको प्रतिक्रिया के छ ? 

आश्चर्य लागेको छ । संसद्को एक कार्यकाल पनि पूरा भएको छैन । तर, अहिले नै किन संशोधन आवश्यक पर्‍यो ? संसद्ले एक कार्यकाल पूरा गरेपछि संविधानका अन्तर्वस्तुहरूमा कहाँकहाँ समस्या देखियो ? समग्र प्रगतिका लागि, जनताको अधिकारका लागि कहाँ–कहाँ समस्या देखियो ? त्यसको समीक्षा गरिनुपर्छ । यस्तो समीक्षाको निष्कर्षका आधारमा मात्र संविधान संशोधन गर्ने वा नगर्ने विषय निक्र्योल हुन्छ ।

तर, सत्तारुढ नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री बनाउन अहिलेको संविधानले अवरोध गर्छ, त्यसैले संशोधनको तयारी भएको छ नि ?

कुनै पार्टी वा व्यक्तिलाई आवश्यक पर्‍यो भन्दैमा संविधान संशोधनजस्तो विषयलाई अगाडि बढाउन मिल्दैन । राष्ट्रलाई आवश्यक हुँदा संविधान संशोधन हुन्छ । पार्टी र नेताविशेषको लागि संशोधन गर्न पाइँदैन ।

तर, नेकपाले त संशोधनका लागि कार्यदल नै बनाइसक्यो नि ? 
यो उनीहरूको आन्तरिक होडबाजीले आएको हो । यो नेकपाको आन्तरिक स्वार्थ र पदको प्रतिस्पर्धाको विषय हो । नेकपाको आन्तरिक विषयलाई राष्ट्रको विषय बनाउनुहुँदैन । उनीहरूको तानातान र गठजोड मिलाउनुपर्ने, सत्ता र शक्तिको हानाथाप व्यवस्थापन गर्नुपर्ने विषय कसरी राष्ट्रको विषय बन्न सक्छ ?

यस विषयमा प्रतिपक्षी कांग्रेस र सत्तारुढ नेकपाबीच छलफल भएको छ कि छैन ? 

यो विषयमा राजनीतिक दलहरूबीच छलफल भएको छैन । संशोधन गर्न चाहने पक्षले राष्ट्रका लागि यसको औचित्य प्रस्ट पारेर विषय प्रवेश गराउनुभयो भने छलफल होला । प्रतिनिधिसभामा पराजित भएका नेता त्यो कार्यकालभरि मन्त्रिपरिषद्मा नजाने भन्ने संविधानको ‘स्पिरिट’ हो । तर, प्रतिनिधिसभामा हारेका साथीहरू अहिले राष्ट्रिय सभामा पुग्न थाल्नुभएको छ । नारायणकाजी श्रेष्ठ पुगिसक्नुभएको छ । हो, राष्ट्रिय सभामा पुग्न बन्देज छैन । तर, मन्त्री हुने गरी जानुभएको हो भने त्यो समस्याको विषय हो । प्रतिनिधिसभामा हारेका साथीहरू यो कार्यकालभरि मन्त्री हुने, प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गर्नु उपयुक्त होइन । किनकि कोही मन्त्री वा प्रधानमन्त्री बन्ने विषय राष्ट्रको लागि नभई नहुने विषय होइन ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...