गोकुल बाँस्कोटामाथि अख्तियारले अनुसन्धान थाल्यो



हाम्रो इकोनोमि

 

सेक्युरिटी प्रेस खरिदमा निर्वतमान सञ्चामन्त्री गोकुल बाँस्कोटाले कमिसनको डिल गरेको अडियो सार्वजनिक भएपछि अहिले अख्तियारले अडियोको अनुसन्धान थालेको छ ।

अख्तियारले विभिन्न माध्यमबाट परेका उजुरी संकलन गरेर छानबिन थालेको हो । छिटो भन्दा छिटो प्रारम्भिक छानबिन टुंग्याई सेक्युरिटी प्रेस खरिद र बाँस्कोटाको रेकर्ड प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने तयारीे अख्तियारको छ ।

अख्तियारले बाँस्कोटा र एजेन्ट विजय मिश्रको संवादको अडियो, मिश्रको छुट्टै भिडियोका साथै पत्रपत्रिकामा प्रकाशित समाचारलाई पनि उजुरीका रूपमा संकलन गरेको छ ।

डिजिटल फरेन्सिक ल्याबबाट प्रमाणको वास्तविकता र यथार्थबारे अनुसन्धान सुरु भइसकेको स्रोतले जनाएको छ । अडियोको संवाद उतारेपछि अख्तियारले अर्का व्यक्ति मिश्रबाट उक्त कुराकानीको सनाखत गराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल बाढी प्रभावित क्षेत्रमा पुगे

    राष्ट्रपति रामचन्द्र पौडेल बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । नुवाकोट पुगेर...

त्रिशूली ३ बी मा हराएका आफन्त खोजीको माग गर्दै माइतीघरमा धर्ना

     रसुवा बाढीका क्रममा त्रिशूली ३ बी मा हराएका आफन्तहरुको खोजीको माग...

बाढीले गोरखामा दुई पुल र दुई जलविद्युत् आयोजना बगायो

    उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित बूढीगण्डकी र थेराङ खोलाको बाढीले दुई...

भोटेकोशी बाढीमा चार हजार ४४ जना अझै बेपत्ता, एक हजार ३४१ शव फेला

  रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये...