गोकुल बाँस्कोटामाथि अख्तियारले अनुसन्धान थाल्यो



हाम्रो इकोनोमि

 

सेक्युरिटी प्रेस खरिदमा निर्वतमान सञ्चामन्त्री गोकुल बाँस्कोटाले कमिसनको डिल गरेको अडियो सार्वजनिक भएपछि अहिले अख्तियारले अडियोको अनुसन्धान थालेको छ ।

अख्तियारले विभिन्न माध्यमबाट परेका उजुरी संकलन गरेर छानबिन थालेको हो । छिटो भन्दा छिटो प्रारम्भिक छानबिन टुंग्याई सेक्युरिटी प्रेस खरिद र बाँस्कोटाको रेकर्ड प्रकरणलाई विस्तृत अनुसन्धान गर्ने तयारीे अख्तियारको छ ।

अख्तियारले बाँस्कोटा र एजेन्ट विजय मिश्रको संवादको अडियो, मिश्रको छुट्टै भिडियोका साथै पत्रपत्रिकामा प्रकाशित समाचारलाई पनि उजुरीका रूपमा संकलन गरेको छ ।

डिजिटल फरेन्सिक ल्याबबाट प्रमाणको वास्तविकता र यथार्थबारे अनुसन्धान सुरु भइसकेको स्रोतले जनाएको छ । अडियोको संवाद उतारेपछि अख्तियारले अर्का व्यक्ति मिश्रबाट उक्त कुराकानीको सनाखत गराउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...