अर्थमन्त्री खतिवडाको जागीर चट्



हाम्रो इकोनोमि

 

अर्थमन्त्री युवराज खतिवडाको सांसद अवधि सकिन अब एक साता मात्र बाँकी छ । राष्टिय सभाको सदस्यबाट २० फागुनमा हट्दै गरेका खतिवडालाई थप ६ महिना मन्त्री बहाल गराउने कि सांसदसँग मन्त्री पदबाट विदा दिने ? नेकपाभित्र अहिले जवरजस्त छलफल चलिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली खतिवडालाई थप ६ महिना मन्त्री बनाउने पक्षमा छन् । आगमी बजेट पनि खतिवडाबाटै ल्याउने उनको मनसाय छ । तर प्रधानमन्त्री ओलीको मनसायमा नेकपाका बहुमत सचिवालय सदस्यहरु सहमत छैनन् । खतिवडालाई २० फागुनमै विदा दिएर सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने पक्षमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल छन् ।

खतिवडाले पनि सांसद पद सकिएको ६ महिनासम्म मन्त्री बन्ने गरी दौडधुप थालेका छन् । तर नेकपा सचिवालयका ६ नेता उनका पक्षमा छैनन् । विगत २ बर्षमा उनले कम्यूनिष्ट आचारणअनुसारको बजेट ल्याउन नसकेको निस्कर्ष दाहाल नेपालले निकालेका छन् । २० फागुनमा खतिवडालाई विदा दिने र सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने प्रस्ताव दाहाल नेपालले सचिवालय बैठकमा गरिसकेका छन् ।

अर्थमन्त्री खतिवडा अर्थबिद् हुन् । तर राजनीतिक अर्थशास्त्रमा भने उनी फेल भएका छन् । खतिवडालाई २० फागुनमै विदा दिन ब्यवसायीहरुले पनि लविड थालेका छन् । उनकै कारण शेयर बजारमा नकारात्मक प्रभाव परेको भन्दै चर्काे आलोचना पनि हुँदै आएको छ ।
प्रधानमन्त्री ओली खतिवडालाई नै फेरी राष्टिय सभा सदस्यमा मनोनित गर्ने पक्षमा थिए । दाहाल नेपालले खतिवडाको ठाउँमा बामदेव गौतमको नाम प्रस्ताव गरेपछि ओली संकटमा परेका छन् । गौतमलाई छोडेर खतिवडा बोक्न ओलीलाई संकट परेको छ ।

राष्टिय सभामा फेरी मनोनित गर्न नसकेपनि ६ महिना अर्थमन्त्री बनाउने पक्षमा ओली थिए । तर दाहाल नेपालसहित सचिवालयका ६ नेताले खतिवडाको विरोध गरेका छन् । खतिवडालाई २० फागुनमै विदा दिने गरी आगमी सचिवालय बैठकमा प्रस्ताव लिने तयारी गरिएको छ ।

प्रधानमन्त्री ओलीका मन्त्रीपरिषदमा बलिया सारथी गोकुल बास्कोटा बाहिरिसकेका छन् । अर्का सारथी खतिवडा पनि बाहिरिए ओली कमजोर पर्ने निश्चित छ । खतिवडालाई ६ महिना थप्ने प्रस्तावका पक्षमा प्रधानमन्त्रीले अडान लिएपनि बहुमतका अगाडी उनी संकटमा पर्ने निश्चित छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...