फागुन २० पछि सुरेन्द्र पाण्डे अर्थमन्त्री बन्दै



हाम्रो इकोनोमि

 

आगामी फागुन २0 गतेबाट अर्थमन्त्री डा. युवराज खतिवडाको मन्त्रीपद रिक्त हुँदैछ । गोकुल बास्कोटा र प्रदीप ज्ञवालीजस्तै डा. खतिवडा प्रधानमन्त्रीका बलिया सारथी हुन् । बहुमतमा रहेका माधव- प्रचण्ड समूह अर्थमन्त्रीलाई निरन्तरता नदिने पक्षमा छ, सचिवालयमा उनीहरुकै बहुमत छ । माधव- प्रचण्ड समूहको चाहना फागुन २0 पछि निर्वाचित सांसद सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाउने भन्ने छ । सफल अर्थमन्त्रीको रुपमा चिनिने सुरेन्द्र पाण्डेको बिकल्प कोहि नभएपछि उनि अर्थमन्त्री हुने पक्का भएको हो ।

यो अवस्थामा डा. युवराज खतिवडाको निरन्तरता रहेन भने ओली सरकार झनै कमजोर हुन जाने निश्चित छ । सचिवालयलाई बाइपास गरेर प्रधानमन्त्री अघि बढेमा यहाँ पनि उनीमाथि बहुमतको डण्डा चल्न सक्ने नेकपाको पछिल्लो समीकरणले देखाएको छ ।

प्रधानमन्त्री माथि ओलीमाथि आइलागेको अर्को चुनौती के हो भने यहीबेला उनको मृगौला प्रत्यारोपण गर्नुपर्ने छ । यसका लागि केही महिना भौतिकरुपमै आराम गर्नुपर्ने हुन्छ । झनै सक्रिय हुनुपर्ने बेलामा प्रधानमन्त्रीको जिम्मेवारीमा रही रहेर किड्नी ट्रान्सप्लान्टका लागि समय निकाल्नु उनको अर्को भवितव्य अर्थात संकट हो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...