वामदेव गौतम प्रधानमन्त्री बन्ने पक्का



हाम्रो इकोनोमि

 

राष्ट्रियसभाबाट पनि प्रधानमन्त्री बन्ने बाटो खोल्न सत्तारुढ दल नेकपाले संविधान संशोधनका लागि कार्यदल बनाएको छ । शनिवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पूर्वप्रधानमन्त्री एवं नेकपा वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा संविधान संविधान संशोधन सम्बन्धी कार्यदल बनाएको छ ।

नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने र त्यहीबाट भावी प्रधानमन्त्री बनाउने छलफल नेकपाभित्र चलिरहेको छ । केही महिनाअघि गौतम निवास भैसेपाटीमा भएको नेकपाको गुट भेलाले राष्ट्रिय सभाबाट पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको निर्णय गरेको थियो । गौतमलाई भावी प्रधानमन्त्री बनाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दौडधुप थालेका छन् । गौतमलाई प्रधानमन्त्री बनाउन संविधान संशोधनको तयारी गरिएको छ ।

नेकपा सचिवालयले बनाएको कार्यदलको संयोजक वरिष्ठ नेता माधवकुमार नेपाल छन् भने सदस्यमा नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ र खिमलाल देवकोटा सदस्य रहेका छन् । संविधान संशोधनको गृहकार्य गर्न कार्यदल बनाइएको हो । राजपा नेपालका केही माग सम्वोधन गर्ने र गौतमलाई राष्ट्रिय सभाबाट प्रधानमन्त्री बनाउने गरी कार्यदलले काम गर्ने भएको छ ।

राष्ट्रिय सभामा गौतमलाई लिएर भावी प्रधानमन्त्री बनाउने बिषयमा नेकपा अध्यक्ष दाहालले शनिवार राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका छन् । राष्ट्रपति भण्डारीले पनि ग्रिन सिग्नल दिएपछि संविधान संशोधनको तयारी थालिएको हो ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...