मन्त्री बाँस्कोटाको राजीनामा माग्दै कांग्रेसले संसद अवरुद्ध गर्यो
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटालाई बर्खास्त गर्न माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज (बिहीबार)को राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बास्कोटाले ७० करोड कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो ।
राष्ट्रियसभाको बैठक शुरु हुनासाथ कांग्रेसका सांसद जीतेन्द्र देवले मन्त्रीलाई बर्खास्त गरेर छानविन गर्नुपर्ने माग गरे । साथै यसबारे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभालाई जवाफ दिनुपर्ने उनको माग छ । त्यसलगत्तै कांग्रेस सांसदहरु आआफ्नो स्थानमा उभिएर राष्ट्रियसभा बैठक अवरुद्ध गरेका छन् । अर्को बैठक १५ फागुनमा बस्नेछ ।
यसअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा प्रधामन्त्री ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो । छलफलमा दुईबीच मन्त्री बाँस्कोटा काठमाडौं फर्किएपछि यसबारे सोध्ने र त्यसपछि के गर्ने भन्ने विषयमा निर्णयमा पुग्ने विषयमा छलफल भएको थियो । यस्तै
प्रमुख विपक्षी नेपाली कांग्रेसले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा माग गर्दै संसद बैठक अवरुद्ध गर्ने भएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग भएको कुराकानीमा सञ्चारमन्त्री बाँस्कोटाले कमिसनबारे कुराकानी गरेको अडियो सार्वजनिक भएको थियो । र, कांग्रेसले उनलाई बर्खास्त गर्न माग गरेको छ ।
मन्त्री बास्कोटाको राजीनामा माग गर्दै प्रतिनिधिसभा बैठक अवरुद्ध गर्ने कांग्रेसको तयारी छ । संसद बैठक केहीबेरमा बस्दैछ ।


