खाएको विष लाग्छ, नखाएको लाग्दैन: मन्त्री बाँस्कोटा



हाम्रो इकोनोमि

 

एक स्वीस कम्पनीसँग ७० देखि ७५ करोड रुपैयाँ कमिसन आउँदा त्यसको ७० प्रतिशत कमिसन आफूलाई दिन बार्गेनिङ गर्दै गरेको अडिओ टेप सार्वजनिक भएपछि सूचना तथा सञ्चारमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आफूले कुनै गल्ती नगरेको जिकिर गरेका छन्।

खाएको विषमात्रै लाग्ने भन्दै सेतोपाटीसँग उनले भने, ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन, एक-दुई दिन मजा लिन दिनुस्।’

बाँस्कोटाले अडिओ रेकर्डमा बोल्ने एकजना मानिस आफू भएको घुमाउरो पारामा स्वीकार गरेका छन्।

‘त्यस्तो करोडौंको प्रस्ताव धेरैले राख्छन्, कतिले मोबाइल रेकर्ड गर्छन्, काम भए गुपचुप राख्छन्। नभए के हुन्छ देखिहाल्नु भयो’ उनले भने, ‘त्यो काम मैले गरें कि गरिनँ हेर्दा होला।’

उनले आफूलाई त्यस्ता धेरै प्रस्ताव आउने गरेको पनि बताए।

‘त्यस्ता प्रस्ताव धेरैवटा आउँछन्। आउनेजति सबै मान्ने हो भने १० अर्ब जतिको आयो होला’, उनले भने।

मन्त्री बाँस्कोटाले सो अडिओ टेपका बारेमा आज ३ बजे हुने सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्ने बताए। ‘अडिओ के कसो हो भन्ने बारेमा दिउँसो बोल्छु’, उनले भने। हाम्राकुरा डटकमले

पहिलो पटक बुधबार अबेर राति ‘सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले स्वीस कम्पनीका स्थानीय एजेन्ट विजयप्रकाश शर्मासँगको कमिसन कुराकानी भन्दै’ समाचार र अडिओ टेप सार्वजनिक गरेको थियो। बिहिबार बिहान अरू सञ्चार संस्थाले पनि सो टेप र समाचार प्रकाशित गरेका छन्।

सार्वजनिक भएको अडियो टेपमा मन्त्री बाँस्कोटाले प्रस्तावित सेक्युरिटी प्रेस स्थापना गर्ने सम्झौता २० देखि २७ अर्बमा सक्न एजेन्ट शर्मालाई भनेको सुनिन्छ।

‘अब सकेसम्म २५-२७ अर्बमा सक्न पाए हुन्थ्यो भन्ने लागेका छ। मान्नुहोस् २५ निस्कियो भने कति आउँला?’, टेपमा बाँस्कोटाले शर्मालाई सोधेका छन्।

‘आउट अफ ट्र्याकमा जाँदाखेरि ७० को हाराहारी ६० देखि ७० को हाराहारीमा आउँछ की’, मिश्रले जवाफ दिएका छन्।

 

त्यसपछि बाँस्कोटाले मिश्रलाई सम्बन्धित कम्पनीले के गर्छन् भनी सोधेका छन्।

‘टोटल ७४ करोड जति आउँछ भन्ने हाम्रो अनुमान छ’, मिश्रको जवाफ छ।

टेपमा मिश्रले कमिसनको ७० प्रतिशत मन्त्रीलाई र ३० प्रतिशत आफूलाई हुने बताएको पनि सुन्न सकिन्छ।

मन्त्री बाँस्कोटाले एक ठाँउमा मूल्य एक अर्ब बढाउन पनि भनेको सुनिन्छ।

प्रतिक्रिया दिनुहोस
डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...

प्रधानमन्त्री र गृहमन्त्री नै गएनन् रविले बोलाएको सर्वदलीय बैठकमा

    सरकारको नेतृत्वकर्ता दल रास्वपाको आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र...