के बाबुराम भट्टराई जेल जाँदैछन !



हाम्रो इकोनोमि

 

ललिता निवास जग्गा प्रकरण सेलाउन नपाउँदै ठूलो मात्रामा विभिन्न ठाउँको जग्गा व्यक्तिको नाममा दर्ता भएको रहस्य खुलेसँगै तत्कालिन प्रधानमन्त्रीको हैसियतमा डा. बाबुराम भट्टराईमाथि मुद्दा चल्ने भएको छ ।

नेपाल ट्रस्टको नाममा रहेको १ सय ७३ रोपनी १५ आना जग्गा प्रधानमन्त्री डा. भट्टराई र तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारले व्यक्तिका नाममा मोही दर्ता गरेको खुलेको छ । गुठीको जग्गा अध्ययन गर्नको लागि ट्रस्टले गत जेठ ७ गते अध्ययन समिति गठन गरेको थियो । सोही समितिले गुठीको जग्गा अध्ययन गर्दा उक्त परिणामको जग्गा व्यक्तिको नाममा पास गराएको तथ्य सार्वजिनिक भएको हो ।

प्रतिवेदनअनुसार भट्टराई र गच्छदारले मातातीर्थको ५९ रोपनी एक आना तीन पैसा, थानकोट महादेवस्थानको एक सय २ रोपनी तीन पैसा, सतुंगलको एक रोपनी ६ आना एक पैसा र बालाजु (इचंगु) को १० रोपनी ६ आना एक पैसा जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गराइदिएका थिए । उक्त समितिले आफ्नो प्रतिवेदन ट्रस्टलाई बुझाइसकेको छ भने ट्रस्टले सरकारी, सार्वजनिक तथा गुठी जग्गासम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगसमक्ष पेस गरेको छ ।

भट्टराई प्रधानमन्त्री भएका बखत उनकी पत्नी हिसिलाले जग्गा व्यक्तिको नाममा लैजानका लागि विशेष भूमिका खेलेको श्रोतले बताएको छ । केही समयअघि मात्रै अख्तियरा अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा गच्छदारसहित एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो भने त्यसको केही समयिपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले एक सय ७२ जनामाथि मुद्दा दायर गरेको थियो ।

ललिता निवास प्रकरणमा डा.बाबुरा भट्टराईको नाम मुछिएपनि उनीविरुद्ध मुद्दा दायर भएको थिएन । त्यसमा गच्छदारलगायतलाई मात्रै मुद्दा दर्ता गरेको थियो । अब भने भट्टराईविरुद्ध पनि मुद्दा चलाउने तयारी थालिएको श्रोतले बताएको छ ।

यसअघि ललिता निवास जग्गा प्रकरणमा अख्तियारले पदको दुरुपयोग गर्दै ललिता निवासको जमिन व्यक्तिहरुको नाममा कायम गरियो भन्ने विषयको मुद्दा भ्रष्टाचारअन्तर्गत विशेष अदालतमा लगेको छ भने प्रहरीमा चाहीँ गृहले ठगी र कीर्ते मुद्दामा जाहेरी लेखेको छ । उता प्रहरीको प्रक्रियाअनुसार आरोपितहरुलाई पक्राउ गर्नुपर्ने हुन्छ । त्यसअघि पक्राउका निम्ति केही आधार खडा गर्नुपर्छ । अख्तियारले कोही पनि व्यक्ति फेला परेनन् भन्दै बयानका आधारमा अदालतमा मुद्दा पठायो । तर, सिआईबीमा फौजदारी मुद्दा दर्ता भएपछि प्रतिवादीलाई थुनामा राखेरै अनुसन्धान गर्नुको विकल्प छैन । अख्तियारले एक सय ७५ जनाविरुद्ध मुद्दा लगेकोमा प्रहरीले चाहीँ ती व्यक्तिहरुको ठगी र कीर्तेमा संलग्नता खोजिरहेको छ ।

यस्तै प्रकृतिको काण्ड भएको कारण भट्टराई पनि जेल जाने सम्भावना रहेको बताइन्छ । ललिता जग्गा प्रकरणमा केही उच्च व्यक्तिलाई बचाएका कारण चौतर्फी आलोचना भएका कारण पनि अब नेपाल ट्रस्टका जग्गा काण्डमा मुछिएकाहरु सबैलाई समेट्ने तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...