प्रधानमन्त्री ओलीले भने बाँसुरी बजाएको मात्रै फोटो छाप्छन्



हाम्रो इकोनोमि

सरकारले अघि सारेका विकास निर्माणका कामलाई प्राथमिकता नदिएको भन्दै प्रधानमन्त्री केपी ओलीले सञ्चारमाध्यमप्रति रोष प्रकट गरेका छन् । सञ्चारमाध्यमप्रति उनको असन्तुष्टि यो पहिलोपटक भने हैन । सोमबार काठमाडौं उपत्यका विद्युत् वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘कुनैकुनै सञ्चारमाध्यमले भोलि पनि बाँसुरी बजाएको न्युज दिन्छन्, दया लाग्छ, देश विकास हुन लाग्दा पिर किन परेको, त्यो छक्क लाग्छ ।

कुनै–कुनै भन्ने शब्द बिर्सन्छन्, अनि यसो भन्यो भनेर कुनै–कुनै शब्द काटेर पठाउँछन् । भोलि पनि हेर्नुहोला, बाँसुरी बजाएको फोटो छाप्छन् । यो फोटो छाप्दैनन् ।’प्रविधिको सुरुवात भएको समाचार दिनुको सट्टा केही सञ्चारमाध्यमले बाँसुरी नै बजाएको समाचार प्रकाशित गरेकामा उनको चित्त दुखाइ थियो । आफूले भनेको विषयलाई तोडमोड गरी अनर्गल प्रचार गरिएकामा उनले दुखेसो गरे ।

प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमलाई मात्रै हैन, बुद्धिजीवीलाई समेत कटाक्ष गर्न भ्याए । केही बुद्धिजीवीको बौद्धिकता देखेर दया लाग्ने गरेको उनको भनाइ थियो । देश विकासमा सरकार लागिरहेका वेला सहयोग गर्नुको सट्टा मजाकको विषय बनाएको उनको गुनासो थियो । ‘मैले देखेँ, एकजना बुद्धिजीवीले नधम्क्याउनुस् प्लिज भनेको । मैले धम्क्याएर हैरान पारेँ, अरे । यो बौद्धिकता देख्दा दया लाग्छ । देश विकास मजाक हैन । आग्रह पूर्वाग्रहको विषय हैन । बरु साझा अभिभारा हो, कर्तव्य हो,’ प्रधानमन्त्री ओलीले थपे, ‘विकास गरिरहेका छौँ, खुसी हुनुपर्ने हो । कतिको त तुइन विस्थापित भएकामा रुवाबासी छ । दार्चुला पुगेर फोटो खिचेर ल्याउँछन् । त्यहाँ दुई–तीनवटा तुइन विस्थापन गर्न बाँकी छ । कति दुःख ग¥या होला, कठै बरी !’

सरकार दुई वर्ष पुगेको उपलक्ष्यमा शनिबार संसद्मा सम्बोधन गर्दा पनि प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमको नियतमाथि प्रश्न उठाएका थिए । ‘केही दिनअघि केही सम्पादकहरूले मलाई प्रश्न गर्नुभयो, हामी त चौथो अंग हौँ– क्रिटिकल हुन्छौँ । सरकारको खबरदारी गर्छौँ । हाम्रो खबरमा नियत किन हेरिन्छ ? हेरिन्न । त्यत्तिकै नियतमा किन शंका गर्ने ? चौथो अंग क्रिटिकल हुन पाउँछ, तथ्य आधारित सक्दो क्रिटिकल होओस् । भनिन्छ नि, लेखाइको लाइन स्पष्ट भए बिट्विन द लाइन पढिँदैन,’ प्रधानमन्त्रीको भनाइ थियो, ‘मेरा पनि केही सरोकारवालाहरूसँग यस्तै प्रश्न छन् । मेरो नेतृत्वमा रहेको सरकारले सुरु गरेको काम र गर्न लागेको राष्ट्रिय अभियानमा चाहिँ नियत किन हेरिन्छ ? विनम्र प्रश्न गर्छु, के यो वैचारिक पूर्वाग्रहका कारणले हो ?’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...