महराले भने षडयन्त्रको विस्तारै पर्दाफास गर्नेछु



हाम्रो इकोनोमि

 

आफूमाथि षडयन्त्र भएको बताउँदै सो षडयन्त्रको आफूले विस्तारै पर्दाफास गर्दै जाने पूर्व सभामुख कृष्णबहादुर महराले बताएका छन् । जिल्ला अदालत काठमाडौँको फैसलाबाट रिहा भएलगत्तै सोमबार साँझ खुमलटारस्थित निवासमा नयाँ पत्रिकासँग संक्षिप्त कुराकानी गर्दै महराले उपरोक्त कुरा बताएका हुन् ।

‘बलात्कारको आरोपमा मलाई षडयन्त्रपूर्ण ढंगले फसाउने काम भयो, यसको विस्तारै पर्दाफास हुँदै जानेछ’ महराले भने, ‘जसरी फसाउने षड्यन्त्र भयो, मिडियामार्फत् विस्तारै पर्दाफास गर्दै जानेछु ।’

काठमाडौं जिल्ला अदालतका न्यायाधीस अम्बरराज पौडेलको एकल इजलासको आदेशबाट सोमबार रिहा भएपछि खुमलटारस्थित निवास पुगेका महराले आफूलाई सहयोग गर्नेप्रति आभार पनि व्यक्त गरे ।

‘ममाथि लागेको आरोप अदालतले खारेज गरेर सफाई दिएको छ, न्यायप्रति मेरो सम्मान अझ बढेको छ’ उनले भने, ‘काठमाडौं जिल्ला अदालतलाई विशेष धन्यवाद दिन चाहन्छु ।’

हिरासतमा रहँदा प्रहरी, कर्मचारी, डिल्लीबजार जेल कारागार प्रशासनबाट पाएको सदभावको प्रशंसा पनि गरे । उनले भने, ‘यो जटिल अवधिमा प्राप्त सहयोगप्रति म विशेष धन्यवाद दिन चाहन्छु ।’

सोमबार साँझ विज्ञप्ती जारी गर्दै महराले अदालतको फैसलाबाट आफूमाथि लगाइएको आरोप गलत सावित भएको बताएका छन् ।

साथै एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा रहेको र आगामी दिनमा पनि रहिरहने प्रतिवद्धता व्यक्त गरेका छन् । विज्ञप्तीमा उनले भनेका छन्, ‘नेपालको राष्ट्रिय स्वाधीनता र नेपाली जनताको स्वतन्त्रता इतिहासदेखि नै गौरवपूर्ण रहेको छ र सधैं रहिरहनेछ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...