ओली सरकार ढाल्ने षड्यन्त्र भएको डा.भट्टराईको खुलासा



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईले सरकार ढाल्न तानाबान बुनिरहेको सूचना आएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान पत्रकार ऋषि धमलासँगको कुराकानीमा सल्लाहकार डा.भट्टराईले सरकार ढाल्ने षड्यन्त्र भइरहेको विषयमा अनुसन्धान जारी रहेको बताए ।

‘सकिन्छ भने यो सरकारलाई ढालौँ भनेर भित्रभित्रै तानाबाना बुनिरहेका छन् भन्ने आभासहरू पाइएको छ’, उनले भने, ‘सरकार ढाल्न को–को संलग्न छन् त्यसको अनुसन्धान जारी छ । खोजीनीति जारी छ ।’

‘सत्ताबाट बाहिर रहेका तत्वहरू वा क–कसको स्वार्थ मिलेको छ उनीहरूको संलग्नता हुन सक्छ’, डा.भट्टराईले भने, ‘पार्टीभित्रबाट सरकार ढाल्न सक्रिय भएको तत्वका विषयमा अहिले भन्न सक्दिन । यो खोजीको विषय भएको हुनाले धेरै बोल्न उचित हुँदैन ।’

‘हामीले संविधान बनाएका छौँ । लामो एउटा अत्यन्त दुःखद् अवस्थाबाट यो ठाउँमा आइपुगेर हामीले एउटा स्थायी सरकार बनाएका छौँ’, उनले भने, ‘यो धेरैलाई पचेको छैन । मुलुकले गति लिन थालेको, मुलुकले स्थायित्व प्राप्त गर्न थाल्यो, यो स्थायित्व र यो गतिसँग कतै आफ्नो भविष्य त सिद्धिने त होइन भन्ने । मानिसले अहिले मुलुकको भविष्य हेरिरहेको छैन ।’

‘मुलुकको भविष्य सहि तरिकाले अगाडि बढ्दा मेरो भविष्य कतै असुरक्षित त भएको छैन भन्ने विभिन्न कोणबाट, विभिन्न ठाउँका मान्छेहरूलाई मनमा चिसो पसेको छ’, उनले भने, ‘ती झस्का पसेका शक्तिहरू अहिले अस्थिरता फैलाउनका लागि लागिपरेका छन् ।’

‘नेपाली कांग्रेसले पूर्ण रुपमा बहुमत पायो । कांग्रेसले पाएको बहुमतका बेला पनि पूर्ण समय उसले काम गर्न सकेन । गिरिजाप्रसाद कोइरालाले ०४८ सालमा पूर्ण रुपमा बहुमत पाउनुभयो’, सल्लाहकार डा.भट्टराईले भने, ‘त्यत्रो आन्दोलनको जगमा उभिएको सरकार थियो । कांग्रेसभित्र छत्तीसे र चौहत्तरे समूह खडा गरियो । अन्ततः मध्यावधीमा जानुपर्‍यो । मध्यावधीको निर्वाचनबाट एमालेले सरकार बनायो ।’

‘एमालेले बनाएको सरकारलाई ९ महिना टिक्न दिइएन’, उनले भने, ‘त्यसपछि मुलुकमा अस्थिरता र अन्यौलताको स्थिति सिर्जना भयो । त्यही बेला उग्रपन्थी सोँच बोकेको माओवादीको जगमा आफ्नो भूमिका र प्रभाव आयो । जसका कारणले गर्दा मुलुक सशस्त्र द्वन्द्वको झमेलामा पनि फस्यो ।’

‘राजनीतिक अस्थिरताको द्वन्द्वको झमेलामा पनि फस्यो । राजाले त्यही मौका छोपेर राजनीतिक शक्ति हत्याउन खोजे । आन्दोलन भयो’, डा.भट्टराईले भने, ‘नयाँ संविधान बनाउनुपर्छ । संघीयतामा जानुपर्छ भनियो । अहिले यो ठाउँमा हामी आइपुगेका छौँ ।’

प्रतिक्रिया दिनुहोस
प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत

     निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सर्वसम्मत अनुमोदन भएको...

डाक्टर सडकमा, आकस्मिक बाहेक सबै सेवा बन्द

    नारायणी अस्पतालमा चिकित्सकमाथि भएको हातपातको घटनाको विरोध गर्दै चिकित्सकहरूले आकस्मिक बाहेकका...

हुण्डी कारोबारको अभियोगमा राजेन्द्र रिजाल पक्राउ

    एक अर्ब ८९ लाखको हुण्डी कारोबार गरेको अभियोगमा एक जना पक्राउ...

तल्लो तहमा सर्वदलीय संवाद गर्ने नौ दलको सहमति

    सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद...