पूर्वसभामुख महरा : जेल जान्छन् कि छुट्छन् ?



हाम्रो इकोनोमि

 

पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको मुद्दाबारे आज (सोमबार) काठमाडौ जिल्ला अदालतले फैसला गर्दैछ । हिजो (आइतबार) पूर्वसभामुख महराको अन्तिम सुनुवाई भएको थियो ।

हिजो महराको पक्षबाट रमणकुमार श्रेष्ठ, शेरबहादुर केसी, भीमार्जुन आचार्य, लव मैनाली, सवितालगायतले बहस गरेका थिए । तर, समय अभावले फैसला हुन नसकेपछि आजको लागि तय गरिएको हो ।

त्यसअघि सरकारी वकिलको तर्फबाट बहस भएको थियो । सरकारी वकिलको तर्फबाट बहस सकिएपछि महराको पक्षबाट बहस चलेको थियो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार महरामाथि लागेको अभियोगबारे सम्भवतः सोमबार फैसला आउने जानकारी दिए ।

उनले भने–‘समय अभावले मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । सम्भवतः सोमबार फैसला आउँछ ।,’

गत असोज १९ गते संसद् सचिवालयकी महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको महरा पक्राउ गरेका थिए । बलात्कारको अभियोगमा महरामाथि मुद्दा चलाइएको थियो । हाल उनी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन् ।

यसअघि कात्तिक १८ गते जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको एकल इजलासले महरालाई थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो ।

जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि गत मङ्सिर ५ गते महराले जिल्ला अदालतको थुनामा पठाउन गरिएको आदेश गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरीपाऊँ भन्ने आग्रहसहित उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।

त्यसेबला उच्च अदालत पाटनले धरौटीमा छाड्न अस्वीकार गरेको थियो । मुख्य न्यायाधीश नहकुल सुवेदी र टेकनारायण कुँवरको इजलासले महरालाई धरौटीमा छाड्न अस्वीकार गर्दै काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि महरालाई थुनामा पठाउने आदेशलाई सदर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...