रक्षामन्त्री पुगे कालापानी र लिपुलेक, मोदीले के भने



हाम्रो इकोनोमि

 

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रदेश तथा संघीय संसद्का सांसद्हरू त्रिदेशीय (नेपाल, भारत र चीन) को सिमाना कालापानी, लिपुलेकको अनुगमनमा निस्किएका छन् ।

दार्चुला महोत्सव उदघाटनका लागि आइतबार त्यहाँ पुगेका उपप्रधानमन्त्री पोखरेल सोमबार बिहान त्रिदेशी सीमाक्षेत्र कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङको अनुगमनमा गएका हुन् ।

उनीसँगै प्रतिनिधिसभाका सांसद् गणेश ठगुन्ना, सुदूरपश्चिम प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी, प्रदेश सांसद् मानबहादुर धामी,  गेल्बु सिंह बोहोरा, सुरक्षा निकायका अधिकारीलगायत सीमाक्षेत्र अनुगमनमा गएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) यदुनाथ पौडेलले  जानकारी दिए ।

प्रजिअ पौडेलका अनुसार, महोत्सव उद्घाटनका लागि दार्चुला पुगेका उपप्रधानमन्त्री पोखरेल आइतबार राति त्यहाँस्थित दुर्गा दल गणमा बसेका थिए । निर्धारित कार्यक्रमअन्तर्गत पोखरेल सोमबार बिहान ८:१५ बजे व्यासक्षेत्रको अनुगमन निस्किएको पौडेलले बताए । व्यास क्षेत्रअन्तर्गत कालापानी, लिपुलेक, टिंकर भञ्ज्याङलगायतका त्रिदेशीय सीमाक्षेत्र पर्छन् । कालापानी, लिपुलेकलगायत क्षेत्र भारतले आफ्नो नक्सामा पारेपछि केही समयदेखि यो विषय चर्चामा छ ।

सरकारले कूटनीतिक प्रयासबाट नेपाल-भारतबीचको सीमा विवाद हल गर्ने बताए पनि ठोस प्रगति हुन सकेको छैन । यहीबीच, उच्चस्तरबाट यो क्षेत्रको अनुगमन भएको हो ।

दार्चुलाका प्रजिअ पौडेलका अनुसार, पोखरेलले सुरक्षा पोस्ट राख्ने स्थानबारे पनि जानकारी लिने कार्यक्रम छ । यसअघि मन्त्रिपरिषद्ले व्यासक्षेत्रको छाङ्मा सुरक्षा पोस्ट राख्ने निर्णय गरेको थियो । यद्यपि, अहिले यो क्षेत्रमा हिउ परेकाले हिउ निख्रिएपछि मात्रै राख्ने तयारी छ ।

आइतबार जिल्लाका कार्यालय प्रमुखलगायतसँग जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी लिएका पोखरेलले त्यहाँबाट फर्किएपछि छलफलकै श्रृंखलालाई निरन्तरता दिँदै छन् । जसअन्तर्गत पार्टी कार्यकर्ता तथा जनप्रतिनिधिसँग छलफल गर्ने तय भएको जनाइएको छ । रक्षामन्त्री पोखरेल सोमबार काठमाडौं फर्किँदैछन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...