चीनबाट १ सय ७५ जना नेपाली बोकेको वाइडबडी विमान काठमाडौं आइपुग्यो



हाम्रो इकोनोमि

 

चीनको बुहानमा रहेका नेपाली लिएर नेपाल एयलाइन्सको ए ३३० वाइडबडी विमान आज (आइतबार) विहान ४ बजे काठमाडौं आइपुगेको छ । बुहानबाट १ सय ७५ जना नेपालीलाई लिएर बुहान विमानस्थलबाट सो विमान काठमाडौंका लागि उडेको थियो ।

This image has an empty alt attribute; its file name is bhuwan_nepali_return1.jpg

वुहानका नेपालीलाई लिन नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमान चार स्वास्थ्यकर्मी, तीन पाइलट, सात क्रुमेम्बर, एक इन्जिनियर, एक प्राविधिक र एक डिस्पास्चर गरी १७ चिकित्सकसहितको टोली लिएर नेपाल एयरलाइन्सको वाइडबडी विमान शनिबार चीनको वुहान उडेको थियो ।

This image has an empty alt attribute; its file name is bhuwan_return_bus.jpg

बुहानबाट शुरुमा १ सय ८५ जना नेपाली स्वदेश फर्कने भनिए पनि छ जनाको शरीरको तापक्रम बढेका कारण बुहानमा रोकिएका छन् भने अन्य चार जनाले बुहान मै रहने निर्णय गरेका थिए ।

बुहानबाट ल्याइएका नेपालीलाई १४ दिनसम्म खरिपाटीस्थित नेपाल विद्युत प्रधिकरणको तालिम केन्द्रमा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।

This image has an empty alt attribute; its file name is bhuwan_return_bus2.jpg

सरकारले विभिन्न अस्पतालमा १४७ आइसोलेसन वार्ड तयार पारेको छ । क्वारेन्टाइनमा रहँदा अभिभावकसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन। क्वारेन्टाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ ।

प्रत्येक दिन बिहानको नास्ता, ११ः०० बजे खाना, ३ः०० बजे खाजा र साँझ ७ः०० बजे खानाको व्यवस्था गरिएको छ । छ वटा खाना सङ्कलन केन्द्रमा राखिएपछि कन्ट्रोल रुमबाट माईकमार्फत जानकारी गराएपछि खाना लिने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...