असारमा मेलम्चीको पानी काठमाण्डौमा खान पाइन्छ : मन्त्री मगर



हाम्रो इकोनोमि

 

सरकारले आउँदो असारसम्‍म मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल ल्याउने घोषणा गरेको छ । बिहीबार खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै आर्थिक वर्ष ०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन गर्ने घोषणा गरेकी हुन् ।

त्‍यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्‍मको आयोजनाको काम पनि असारभित्रै सक्ने भनिएको छ ।

‘ड्याम सक्नका लागि केही समय लाग्छ तर अल्टरनेट ड्यामबाट असार मसान्तसम्म पानी झर्छ । निर्माण कम्पनीले २/३ महिना पहिले काम सक्नेमा म विस्वस्त छु’ मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भने ।

सरकारले मेलम्ची आयोजनाको बाँकी काम एक वर्षभित्र गरिसक्न गत असोजमा चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो । कार्यकारी निर्देशक खत्रीले काम समयमा भए नभएको बारे मन्त्रालय र  समितिले अनुगमन गरिरहेको बताए ।

‘बेलाबेलामा देखिएका विभिन्न समस्या तथा ठेक्का सम्झौता रद्द गर्नुपर्ने बाध्यताले निर्माणमा धेरै ढिला भयो’ उनले भने, ‘सीएमसीले छाडेपछि काम शुरु गरेको कम्पनीले राम्रै गरिरहेको छ, अनुगमन पनि गरिरहेका छौं, तोकिएको अवधि भन्दा थोरै अगाडि काम सकिने देखिन्छ ।’

कार्यकारी निर्देशक खत्रीले आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड खर्च भइसकेको जानकारी दिए ।

काम बीचैमा छाडेर हिँडेको इटालीको सीएमसी कम्पनीले स्थानीय श्रमिक तथा सव कन्ट्राकटरको भुक्तानी नदिएका कारण धेरै समस्या र अवरोध खेप्नुपरेको उनले बताए ।

तर अब भने सीनो हाईड्रोले राम्रो गर्ने खत्रीले दावी गरे । सीएमसीले कामदार र सक कन्ट्राकटरलाई दिन बाँकी रकमको विषयमा अध्ययन गर्न मन्‍त्रालयको सहसचिवको नेतृत्वमा समिति बनेको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र अर्थमन्त्री वाग्लेबीच शिष्टाचार भेट

    कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेलसित शिष्टाचार...

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईको नियमित उडान

    पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा फ्लाई दुबईले आजदेखि दुबई–पोखरा–दुबई रुटमा नियमित उडान सुरु...

सबै पदाधिकारी खारेज गरेर एकल अध्यक्ष बन्न ओलीलाई ठाकुर गैरेको चुनौती

    एमाले केन्द्रीय सदस्य ठाकुर गैरेले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति प्रश्न...

कार्यसूचीमाथि नेताहरुको आपत्ति, बैठक लम्बियो

    एमालेको जारी केन्द्रीय कमिटीको तेस्रो बैठक लम्बिएको छ । कार्यसूचीमाथि नेताहरुले...