अनाहकमा ज्यान गुमाएका सहिद र तिनका परिवारको न्यायोचित मूल्यांकन हुनुपर्छ : उपाध्यक्ष गौतम



 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा मुलुक परिवर्तनको दिशातर्फ अग्रसर भएको बताउनुभयो ।
उहाँले अहिलेका सम्पूर्ण उपलब्धीको आधार जनआन्दोलन र जनयुद्ध नै भएको दावी गर्नुभयो ।
जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहमा उपाध्यक्ष गौतमले उक्त कुरा बताउनुभएको हो ।
उपाध्यक्ष गौतमले जनयुद्धकालमा मारिएका तीन सय भन्दा बढी नेता र कार्यकर्ताले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै ती सहिद र तिनका पीडित परिवारको न्यायोचित मूल्यांकन हुनुपर्ने बताउनुभयो ।
जनयुद्धका नाममा तत्कालिन नेकपा (एमाले) का दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताको जनमुक्ति सेनाको तर्फबाट हत्या भएको र नेपाली सेनाले पनि पूर्वएमालेका सयभन्दा धेरै नेता र कार्यकर्तालाई मारेको उहाँले स्मरण गर्नुभयो । भन्नुभयो, ‘त्यसरी मारिने सबै निशस्त्र, निहत्था थिए । सबैलाई बाटो ढुकेर पक्राउ गरी हत्या गरिएको थियो ।’
उपाध्यक्ष गौतमले कुनै पनि नाममा निशस्त्र र निहत्था व्यक्तिलाई पक्राउ गरी मार्न नपाइने उल्लेख गर्दै क्रान्तिकारिताको नाममा त्यस्तो व्यवहार नाममा गर्नु अनुचित हो भन्नुभयो ।

उहाँले झापा संघर्षबाट विकसित भएको कोअर्डिनेशन केन्द्र र नेकपा (माले) को भूमिका पनि स्मरण गर्नुभयो । भन्नुभयो, ‘झापा विद्रोह सही भए पनि वर्गशत्रु खत्तम पार्ने नाममा गरिएकोे व्यक्ति हत्या गलत थियो र वर्ग शत्रु खत्तम पाने लाइन गलत छ ।’
स्मरणीय छ, २०३८÷०३९ सालमा पुगेर तत्कालीन नेकपा (माले) को केन्द्रीय कमिटीले झापा विद्रोहमा ल्याएको वर्गशत्रु खत्तम पार्ने लाइन गलत थियो भनेर सच्याएको थियो । 

प्रतिक्रिया दिनुहोस
समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,

माधव नेपाललाई एमालेले ढोका खोलेको छैन : शंकर पोखरेल

     नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालका

समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी प्रेस चौतारीमा प्रवेश गर्दै

  समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी पार्टी परित्याग गर्दै प्रेस चौतारीमा