अनाहकमा ज्यान गुमाएका सहिद र तिनका परिवारको न्यायोचित मूल्यांकन हुनुपर्छ : उपाध्यक्ष गौतम



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले शान्तिपूर्ण जनआन्दोलन र सशस्त्र जनयुद्धको जगमा मुलुक परिवर्तनको दिशातर्फ अग्रसर भएको बताउनुभयो ।
उहाँले अहिलेका सम्पूर्ण उपलब्धीको आधार जनआन्दोलन र जनयुद्ध नै भएको दावी गर्नुभयो ।
जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली समारोहमा उपाध्यक्ष गौतमले उक्त कुरा बताउनुभएको हो ।
उपाध्यक्ष गौतमले जनयुद्धकालमा मारिएका तीन सय भन्दा बढी नेता र कार्यकर्ताले अनाहकमा ज्यान गुमाउनु परेको भन्दै ती सहिद र तिनका पीडित परिवारको न्यायोचित मूल्यांकन हुनुपर्ने बताउनुभयो ।
जनयुद्धका नाममा तत्कालिन नेकपा (एमाले) का दुई सयभन्दा बढी नेता तथा कार्यकर्ताको जनमुक्ति सेनाको तर्फबाट हत्या भएको र नेपाली सेनाले पनि पूर्वएमालेका सयभन्दा धेरै नेता र कार्यकर्तालाई मारेको उहाँले स्मरण गर्नुभयो । भन्नुभयो, ‘त्यसरी मारिने सबै निशस्त्र, निहत्था थिए । सबैलाई बाटो ढुकेर पक्राउ गरी हत्या गरिएको थियो ।’
उपाध्यक्ष गौतमले कुनै पनि नाममा निशस्त्र र निहत्था व्यक्तिलाई पक्राउ गरी मार्न नपाइने उल्लेख गर्दै क्रान्तिकारिताको नाममा त्यस्तो व्यवहार नाममा गर्नु अनुचित हो भन्नुभयो ।

उहाँले झापा संघर्षबाट विकसित भएको कोअर्डिनेशन केन्द्र र नेकपा (माले) को भूमिका पनि स्मरण गर्नुभयो । भन्नुभयो, ‘झापा विद्रोह सही भए पनि वर्गशत्रु खत्तम पार्ने नाममा गरिएकोे व्यक्ति हत्या गलत थियो र वर्ग शत्रु खत्तम पाने लाइन गलत छ ।’
स्मरणीय छ, २०३८÷०३९ सालमा पुगेर तत्कालीन नेकपा (माले) को केन्द्रीय कमिटीले झापा विद्रोहमा ल्याएको वर्गशत्रु खत्तम पार्ने लाइन गलत थियो भनेर सच्याएको थियो । 

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...