जनयुद्ध दिवसमा प्रचण्डको नयाँ खुलासा



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा नयाँ नयाँ खुलासा गर्दै आएका छन् ।

विहीबार उनले जनयुद्ध दिवसको औपचारिक कार्यक्रममा क्रममा नयाँ खुलासा गरे– तत्कालिन कांग्रेस सभापति गिरीजाप्रसाद कोइरालाले ठूला आक्रमणका लागि दिएको सुझाव ।

त्यसो त प्रचण्डले केही दिन अघि मात्र आफूले गोपनियता राख्न नसक्ने, राख्न खोजे पनि अनुहार या हाउभाउमा प्रस्टै देखिने बताएका थिए । तर जनयुद्ध दिवसको २५ औं बर्षगाँठका सन्दर्भमा कोइरालाले ठूला आक्रमणका लागि दिएको सुझाव नयाँ खुलासाका रुपमा अभिव्यक्त गरे ।

त्यसको परिणाममा सात दल र तत्कालिन माओवादीबीच गणतान्त्रिक आन्दोलनका लागि १२ बुँदे समझदारी बनेको पनि उनले जोडेका थिए ।

विद्रोह, शान्ति प्रक्रिया सही समयमा गरेको उनको आँकलन छ । त्यसो नगरेको भए श्रीलंकाको लिट्टे अथवा पेरुका विद्रोहीको जस्तै माओवादीको हालत हुनसक्ने अनुमानित परिणाम पनि उनले अगाडि सारे ।

नेकपा मुख्यालय धुम्बाराहीमा भएको श्रद्धाञ्जली सभाको प्रमुख आतिथ्यता गरेका उनले अहिले ०५२ सालको जस्तो विद्रोह गरेर नहुने पनि बताए । उनले प्रतिबन्धित नेकपा नेत्रविक्रम चन्द समूहलाई लक्षित गरी त्यस्तो अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...