दिल्लीमा गान्धी र मोदी पत्तासाफ, आम आदमीलाई दुईतिहाइ



हाम्रो इकोनोमि

 

दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीले लगभग दुईतिहाई बहुमत ल्याउने निश्चित भएको छ । ७० सिटका लागि भएको निर्वाचनमा आम आदमी पार्टीले ६० भन्दा बढी स्थानमा जित दर्ज गर्ने निश्चित भइसकेको छ ।

७ बर्षअघिसम्म दिल्लीमा राज चलाएको कांग्रेसको शर्मनाक पराजय हुने भएको छ । हालसम्मको नतिजाअनुसार कांग्रेसले एक सिट पनि नजित्ने लगभग निश्चित भइसकेको छ । आम आदमी पार्टीका उम्मेदवारहरु धमाधम बिजयको पाला लगाइरहेका बेला कांग्रेस उम्मेदवारको मत भने पुछार तिर देखिन थालेको छ ।

पछिल्लो नतिजाअनुसार आम आदमी पार्टी ६३ स्थानमा अघि छ भने भारतीय जनता पार्टी जम्मा ७ स्थानमा अघि छ । अर्काे प्रतिस्पर्धी पुरानो दल कांग्रेस भने एक स्थानमा पनि अघि छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाको पनि पत्तासाफ भएको छ । बहुमत ल्याउने र दिल्लीमा प्रदेश सरकार बनाउने मोदीको घोषणा पूर्वतया असफल सावित भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल फेरी सोनिया गान्धी र नरेन्द्र मोदीमाथी हावी भएका छन् ।

मोदीको पार्टीेले लगभग ५ सिट मात्र जित्ने देखिएको छ । अन्य सवै सिटमा पराजय हुने भएको छ । मोदीलाई दिल्लीले फेरी एकपटक झट्का दिएको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...