दिल्लीमा गान्धी र मोदी पत्तासाफ, आम आदमीलाई दुईतिहाइ



हाम्रो इकोनोमि

 

दिल्ली विधानसभा निर्वाचनमा आम आदमी पार्टीले लगभग दुईतिहाई बहुमत ल्याउने निश्चित भएको छ । ७० सिटका लागि भएको निर्वाचनमा आम आदमी पार्टीले ६० भन्दा बढी स्थानमा जित दर्ज गर्ने निश्चित भइसकेको छ ।

७ बर्षअघिसम्म दिल्लीमा राज चलाएको कांग्रेसको शर्मनाक पराजय हुने भएको छ । हालसम्मको नतिजाअनुसार कांग्रेसले एक सिट पनि नजित्ने लगभग निश्चित भइसकेको छ । आम आदमी पार्टीका उम्मेदवारहरु धमाधम बिजयको पाला लगाइरहेका बेला कांग्रेस उम्मेदवारको मत भने पुछार तिर देखिन थालेको छ ।

पछिल्लो नतिजाअनुसार आम आदमी पार्टी ६३ स्थानमा अघि छ भने भारतीय जनता पार्टी जम्मा ७ स्थानमा अघि छ । अर्काे प्रतिस्पर्धी पुरानो दल कांग्रेस भने एक स्थानमा पनि अघि छैन ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भाजपाको पनि पत्तासाफ भएको छ । बहुमत ल्याउने र दिल्लीमा प्रदेश सरकार बनाउने मोदीको घोषणा पूर्वतया असफल सावित भएको छ । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल फेरी सोनिया गान्धी र नरेन्द्र मोदीमाथी हावी भएका छन् ।

मोदीको पार्टीेले लगभग ५ सिट मात्र जित्ने देखिएको छ । अन्य सवै सिटमा पराजय हुने भएको छ । मोदीलाई दिल्लीले फेरी एकपटक झट्का दिएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...