एमसीसीमा बिवाद, कार्यदलले प्रतिवेदन लेख्न भ्याएन



हाम्रो इकोनोमि

 

झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलले १० दिनको समयसीमाभित्र प्रतिवदेन तयार पार्न नसक्ने निश्कर्ष निकाल्दै म्याद थपका लागि नेकपा नेतृत्वसँग आग्रह गर्ने भएको छ ।

मंगलबार सिंहदरबारमा बसेको तीन सदस्यीय कार्यदलको बैठकले म्याद थपका लागि नेकपा सचिवालयसमक्ष माग गर्ने निर्णय गरेको हो ।

गत माघ १९ गते नेकपा केन्द्रीय कमिटीको बैठकले झलनाथ खनाल, भीम रावल र प्रदीप ज्ञवाली सम्मिलित तीन सदस्यीय कार्यदल बनाएको थियो । कार्यदलले पाएको १० दिने समयसीमा (भोलि) बुधबार सकिँदैछ ।

कार्यदल गठन भएको भोलिपल्टदेखि नै अध्ययन सामाग्रीहरु जुटाएर काम गर्दा पनि प्रतिवेदन लेखनमा समय नपुगेकाले म्याद थपका लागि पार्टीसँग आग्रह गर्ने निर्णय गरिएको स्रोतले बतायो ।

स्रोतले भन्यो, ‘अध्ययन गर्न समय लागेकाले प्रतिवेदन लेखनका लागि म्याद थप्न आग्रह गर्ने निर्णय भएको छ ।’

मंगलबार सिंहदरबारको बैठकपछि कार्यदलका संयोजक झलनाथ खनालले  भने, ‘हामीले अध्ययन गरिराखेका छौं, तर लेखन कार्य नभ्याइन सक्छ, लेखन कार्य सिद्धिएन भने म्याद थपिन्छ ।’

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...