प्रचण्डले भने : जनताको मागअनुसार प्रदेशको सीमाङ्कन परवर्तन हुन सक्छ



हाम्रो इकोनोमि

 

पाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेशको सीमाङ्कनमा परिवर्तन हुनसक्ने बताएका छन् ।

नुवाकोटको पञ्चकन्या गाउँपालिकाको आयोजनामा शनिबारदेखि शुरु भएको प्रथम पञ्चकन्या ‘चेयरमेन कप’ भलिबल प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रदेश नं ५ र प्रदेश नं २ का केही जिल्लाका जनताको मागअनुसार राजधानीको नाम र केन्द्रमा देखिएको समस्याका कारण प्रदेशको सीमाङ्कन फेरबदल हुनसक्ने सङ्केत दिए ।

“प्रदेश नं ५ का बाँके र बर्दियाका जनताले राजधानी र केन्द्र आफूहरुको मागअनुसार नभए प्रदेश नं ५ मा बस्न नचाहेको बताउँदै आएका छन्”उनले भने, “प्रदेश नं २ को बारा, पर्सा र रौतहटका जनताको पनि फरक धारणा आएकाले अहिलेको प्रदेश संरचना परिवर्तन हुनसक्ने देखिएको छ ।”

वाग्मती प्रदेशको नाम र केन्द्र चयनमा प्रदेशसभाका सदस्यको चाहनाअनुसार पार्टीको केन्द्रीय कमिटीले सहजीकरण गरेर समस्या समाधानमा सहयोग पुयाएको उनको भनाइ छ । वाग्मती प्रदेशको नाम र केन्द्र पार्टीको केन्द्रीय तहबाट भएको चयनले पायक नपर्ने स्थान राखेको भनेर उठेका जिज्ञासाप्रति इङ्गित गर्दै पूर्वप्रधानमन्त्री दाहालले केन्द्रको राजधानी काठमाडौँबाट समेत अन्यत्र सार्न यसअघि विभिन्न समिति र विज्ञको सुझाव आएको स्मरण गराउँदै प्रदेशको भूगोल र सीमाङ्कनका सम्बन्धमा नजिक र टाढा एवं नाम यो वा त्यो भयो भनेर नअल्झिन आग्रह गरे ।

“आफूले सपनाको रुपमा देखेको ल्हासा–लुम्बिनी रेलमार्ग निर्माण, छहरे–टोखा सुरुङमार्ग, मध्यपहाडी सडकमार्गलगायतका संरचनाका निर्माणले भूगोलको दूरी सीमाको आधारमा नजिक र टाढाको रुपमा लिनु पर्दैन” उनले भने, “मुलुकलाई आर्थिकरूपमा समृद्ध बनाउन सकारात्मक सोचका साथ आ–आफ्नो पेशामा आत्मनिर्भर बन्नुपर्छ, परिवर्तन र विकास टाढा छैन ।”

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...