फरार गच्छदार प्रधानमन्त्री निवास बालुवाटारमा



हाम्रो इकोनोमि

 

ललिता निवासको सरकारी जग्गामा अभियुक्त बनाउन लागेको थाहा पाएपछि नेपाली कांग्रेसका उपसभापति बिजयकुमार गच्छदार बुधवार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सरकारी निवासमा पुगे ।

सुरक्षा पीएसओ र प्रहरीको पछुवा लिएर प्रधानमन्त्री ओलीलाई भेटेका गच्छदार लगतै कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । दिनभर सुरक्षा घेरामा रहेका गच्छदारलाई अख्तियारले भने फरार अभियुक्त भन्दै उनीबिरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

ललिता निवासको सरकारी जग्गा नक्कली मोही खडा गरी ब्यक्तिको नाममा लिएको भन्दै १ सय १० जनाबिरुद्ध अख्तियारले बुधवार मुद्दा चलायो । तर मुद्दा चलाएका कुनै पनि ब्यक्तिलाई पक्राउ गरी अदालतमा भने पुरयाइएको छैन । म्ुद्दा दर्ता गर्दा अभियुक्तलाई पनि अदातलमा उपस्थित गराउनु पर्ने कानुनी प्रावधान छ । तर अख्तियारले १ सय १० जनालाई नै फरार भन्दै मुद्दा दायर गरेको छ ।

मुख्य मतियार जग्गा दलालहरु प्रहरीको घेरामा नभएपनि गच्छदार, भूमिसुधारमन्त्री डम्बर श्रेष्ठ र अर्का पूर्वमन्त्री चन्द्रदेव जोशी प्रहरीको सुरक्षामै थिए । तर उनीहरुलाई पक्राउ गरी अदालतमा उपस्थित गराउने आँट अख्तियारले गर्न सकेन ।

पूर्वमन्त्री र पूर्वसचिवहरु दीप बस्न्यात, छविराज पन्त, दिनेशहरि अधिकारी सुरक्षाको घेरामै थिए । उनीहरुलाई बयान दिन अख्तियारले कार्यालयमै बोलाएपनि मुद्दा चलाउँदा फरारी भन्ने शब्द प्रयोग गरेको छ । अख्तियारले मुद्दा दायर गरेपछि गच्छदार सांसदबाट पनि निलम्बनमा परी सकेका छन् । तरपनि उनका अघिपछि सुरक्षाकर्मीको साइरन बजिनै रहेको छ । प्रहरीको सुरक्षा घेरामा रहेका गच्छदारलाई पक्राउ गर्ने आँट अख्तियार गर्न नसकेको तर्क कानुनबिद्हरुले बताएका छन् ।

-गच्छदार साइरन बजाएर हिडिरहेका छन् तर अख्तियार भन्छ, -उहाँ फरार हुनुहुन्छ, ति कानुन ब्यवसायीले भने -अख्तियार पक्राउ गर्न डराएकै हो । गच्छदार लगायत कुनैपनि ब्यक्तिलाई पक्राउ गरिएको छैन । मुद्दा दायर भएका ब्यक्तिहरु सुरक्षा घेरामै अदालतमा स्वच्छिकरुपमा उपस्थित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...