महाअभियोगबाट यसरी सफाइ पाए ट्रम्पले



हाम्रो इकोनोमि

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध त्यहाँको माथिल्लो सदनमा पेस भएको महाभियोग प्रस्ताव अस्वीकृत भएको छ । अमेरिकाको माथिल्लो सदन (सिनेट)मा बुधबार भएको मतदान प्रक्रियाबाट ट्रम्पले सफाइ पाएका हुन् ।

बीबीसीका अनुसार शक्तिको दुरुपयोग गरिएको अभियोगमा ट्रम्पको पक्षमा ५२-४८ मत परेको छ । त्यस्तै अमेरिकी संसद् कंग्रेसलाई अवरुद्ध तुल्याएको अभियोगबाट पनि ट्रम्पले सफाइ पाएका छन् । यो अभियोगमा भएको मतदानमा ट्रम्पले ५३-४७ मत पाए ।

आउँदो राष्ट्रपति निर्वाचनका आफ्ना सम्भावित प्रतिस्पर्धीलाई भ्रष्टाचार अभियोगमा छानबिन गर्न युक्रेनी समकक्षीलाई दबाव दिएको अभियोग ट्रम्पमाथि विपक्षीले लगाएका थिए । राष्ट्रपतिको शक्ति दुरुपयोगको अभियोगमा ट्रम्पविरुद्ध त्यहाँको तल्लो सदनमा महाभियोग दर्ता भएको थियो ।

विपक्षीको बहुमत रहेको तल्लो सदनले महाभियोग लगाए पनि माथिल्लो सदनबाट अस्वीकृत भएको छ । योसँगै अमेरिकी राजनीतिमा लामो समयदेखि चलेको महाभियोगको माथापच्ची विराम लागेको छ ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...