नारायणहीटी राजदरबारमा बनेको गणतन्त्र स्मारक भत्काउनुपर्छ : माधव नेपाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माधवकुमार नेपालले नारायणहिटी दरबार परिसरभित्र बनाइएको गणतन्त्र स्मारक भत्काउनुपर्ने बताएका छन् । गणतन्त्र स्मारक नारायणहिटी परिसरमा नभइ अन्तै बनाउनुपर्ने उनको मत छ ।

‘नारायणहीटीमा गणतन्त्र स्मारक बनाउन हुँदैनथ्यो बनाइयो, त्यो गलत थियो,’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बुधबारको बैठकमा भने, ‘अब भत्काइदिनुपर्छ ।’

मुलुकमा गणतन्त्र स्थापना गर्न योगदान पुर्‍याएकाहरुको सम्झनामा सरकारले ४५ करोड खर्चेर नारायणहिटी दरबार संग्रहालय परिसरमा भव्य गणतन्त्र स्मारक निर्माण गरेको छ । सो स्मारकको २०७६ जेठ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...