इतिहासकै असफल अर्थमन्त्रीले सरकारबाट बिदा पाउने निश्चित



हाम्रो इकोनोमि

 

 

मुलुकको अर्थ–व्यवस्थालाई इतिहासमै सबभन्दा खतरनाक ढङ्गले चौपट पार्ने अर्थमन्त्रीको रूपमा चिनिएका युवराज खतिवडाको सपना पूरा नहुने अब निश्चित भएको छ । राष्ट्रिय सभा सदस्यको दुईवर्षे कार्यकाल सकिएपछि पुनः राष्ट्रपतिबाट सो पदमा मनोनीत भएर अर्थमन्त्रीमा यथावत् रहने खतिवडाको सपना थियो । र, प्रधानमन्त्री केपी शर्मा ओली खतिवडाको इच्छा पूरा गर्न सकारात्मक पनि हुनुहुन्थ्यो । नेकपाभित्र केपी ओली यतिबेला रक्षात्मक अवस्थामा पुग्नुभएकोले उहाँको इच्छा रहेकै आधारमा युवराज खतिवडालाई पुनः राष्ट्रिय सभाको सदस्य चयन गरिने स्थिति नरहेको बुझिएको छ ।

बुझिएअनुसार अब सचिवालयको बैठकले युवराजको नाम प्रस्ताव गर्ने सम्भावना शून्य बराबर रहेको छ । खतिवडाको पक्षमा राजन भट्टराई, विष्णु रिमाल र एउटा शक्तिशाली पश्चिमी मुलुकको राजदूतावासबाहेक कसैलाई ठानिन्छ भने ती केपी ओली मात्र भएको यस अवस्थामा युवराज राष्ट्रिय सभा सदस्य बन्ने सम्भावनाको अन्त्य हुन पुगेको छ । भनिन्छ, पार्टीको केन्द्रीय समिति, स्थायी समिति र सचिवालयमा उनान्सय प्रतिशत भन्दा बढी नेताहरू युवराज खतिवडाप्रति घृणाभाव राख्ने गर्दछन् ।

सचिवालय सदस्य रहनुभएका महासचिव विष्णु पौडेल र ईश्वर पोखरेल आफैँ मन्त्रालय परिवर्तन गरेर ‘अर्थ’को काम सम्हाल्न चाहनुहुन्छ । केपीनिकटका अर्का नेता प्रदीप ज्ञवाली पनि परराष्ट्र छोडेर अर्थ मन्त्रालयको जिम्मेवारी लिन इच्छुक रहनुभएको बुझिन्छ । केपी ओलीको टिमभित्रै तीनजना (ईश्वर, विष्णु र प्रदीप) अर्थ मन्त्रालय पाउन प्रतिस्पर्धामा छन् भने सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री बनाइनुपर्छ भन्नेहरूको ठूलो सङ्ख्या पार्टीभित्र रहेको छ ।

राष्ट्रिय सभामा युवराजको पुनर्नियुक्त हुने सम्भावना शून्य भएपछि उल्लिखित नामहरूमध्येबाट कसैले जिम्मेवारी पाउने निश्चितप्रायः मानिएको छ । उम्मेदवारहरूबीच चर्को प्रतिस्पर्धाको स्थिति रहेमा अर्को कुनै पाँचौँ व्यक्तिको चयन अर्थमन्त्रीका रूपमा हुन सक्ने सम्भावनालाई पनि इन्कार गर्न सकिँदैन । जे भए पनि नेपालको इतिहासकै असफल अर्थमन्त्री युवराज खतिवडालाई देशले अब केही साताभन्दा बढी व्यहोर्नु नपर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...