नेवि संघका महामन्त्री नै सात जना, अझै पाँच थप्ने तयारी



हाम्रो इकोनोमि

 

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघमा किस्ता–किस्तामा नेतृत्व मनोनयन गर्न थालेका छन् । उनले आइतबार दुई उपाध्यक्ष र पाँच महामन्त्री थप गरी तदर्थ केन्द्रीय कार्यसमिति विस्तार गरेका हुन् । कार्यसमितिलाई पूर्णता दिन अझै कम्तीमा दुई चरण लाग्ने देखिन्छ– पहिलो, सहमहामन्त्री र कोषाध्यक्ष अनि दोस्रोमा सदस्य ।

उपसभापतिमा तुलसा पन्त (झापा), मुक्तिराज पौडेल (रुपन्देही) अनि महामन्त्रीमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमल्सिना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङजा) छन् । बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन १ को निर्णयबमोजित पार्टी सभापति देउवाले संघमा पदाधिकारी मनोनयन गरेका हुन् ।

देउवाले केही दिनअघि राजीव ढुंगाना (सुनसरी)लाई अध्यक्ष र मनोज वैद्य (काठमाडौं अनि महेश्वरी कुँवर (पाल्पा)लाई महामन्त्री बनाएर तदर्थ कार्यसमिति गठन गरेका थिए । नवनियुक्त अध्यक्ष ढुंगानाको उमेरलाई लिएर नकारात्मक टिप्पणी भइरहेको छ । उनले आफ्नो उमेर ४६ भएको स्वीकार गरेका छन् । तर, ५६ वर्षका भनेर गलत प्रचार गरिएको उनको दुखेसो छ ।

स्रोतका अनुसार नेताहरूले आआफूनिकट विद्यार्थी नेतालाई अघि सारेकाले किस्ताबन्दीमा मनोनयन भइरहेको हो । त्यसमा पनि उमेर हदलाई लिएर असन्तुष्टि देखिएको छ । कांग्रेसले २०७५ माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले मात्रै संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउने नियम बनाएको छ । अहिले भने उमेर ढल्केकाहरुलाई नेतृत्वमा ल्याइएकामा विद्यार्थी नेताले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...