नेवि संघका महामन्त्री नै सात जना, अझै पाँच थप्ने तयारी



हाम्रो इकोनोमि

 

कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघमा किस्ता–किस्तामा नेतृत्व मनोनयन गर्न थालेका छन् । उनले आइतबार दुई उपाध्यक्ष र पाँच महामन्त्री थप गरी तदर्थ केन्द्रीय कार्यसमिति विस्तार गरेका हुन् । कार्यसमितिलाई पूर्णता दिन अझै कम्तीमा दुई चरण लाग्ने देखिन्छ– पहिलो, सहमहामन्त्री र कोषाध्यक्ष अनि दोस्रोमा सदस्य ।

उपसभापतिमा तुलसा पन्त (झापा), मुक्तिराज पौडेल (रुपन्देही) अनि महामन्त्रीमा दीपक भट्टराई (तनहुँ), उर्मिला थपलिया (धादिङ), प्रभातकुमार दाहाल (मकवानपुर), बलदेव तिमल्सिना (सिन्धुपाल्चोक) र युवराज पाण्डे (स्याङजा) छन् । बाँकी पदाधिकारी र सदस्यहरुको मनोनयन यथाशिघ्र गरिने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए । उनका अनुसार कांग्रेस केन्द्रीय कार्यसमितिको २०७५ फागुन १ को निर्णयबमोजित पार्टी सभापति देउवाले संघमा पदाधिकारी मनोनयन गरेका हुन् ।

देउवाले केही दिनअघि राजीव ढुंगाना (सुनसरी)लाई अध्यक्ष र मनोज वैद्य (काठमाडौं अनि महेश्वरी कुँवर (पाल्पा)लाई महामन्त्री बनाएर तदर्थ कार्यसमिति गठन गरेका थिए । नवनियुक्त अध्यक्ष ढुंगानाको उमेरलाई लिएर नकारात्मक टिप्पणी भइरहेको छ । उनले आफ्नो उमेर ४६ भएको स्वीकार गरेका छन् । तर, ५६ वर्षका भनेर गलत प्रचार गरिएको उनको दुखेसो छ ।

स्रोतका अनुसार नेताहरूले आआफूनिकट विद्यार्थी नेतालाई अघि सारेकाले किस्ताबन्दीमा मनोनयन भइरहेको हो । त्यसमा पनि उमेर हदलाई लिएर असन्तुष्टि देखिएको छ । कांग्रेसले २०७५ माघ २९ गतेसम्म ३२ वर्ष उमेर ननाघेका विद्यार्थीले मात्रै संघको आगामी १२ औं अधिवेशनमा भाग लिन पाउने नियम बनाएको छ । अहिले भने उमेर ढल्केकाहरुलाई नेतृत्वमा ल्याइएकामा विद्यार्थी नेताले असन्तुष्टि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...