सरकारलाई नेकपाको निर्देशन, लिपुलेकसहितको नयाँ नक्सा बनाउ



हाम्रो इकोनोमि

 

 

नेकपा केन्द्रीय कमिटी बैठकले लिम्पियाधुरा सहितको जमिन समेटेर नेपालको नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ । त्यस्तै नेपाल ट्रष्टको जग्गाका बारेमा स्वेतपत्र जारी गर्नसमेत सरकारलाई भनेको छ ।

केन्द्रीय कमिटी बैठकमा यी विषयमा प्रश्न उठेपछि पार्टीले सरकारलाई निर्देशन दिएको हो । बैठकमा भूमि व्यवस्थामन्त्री समेत रहेकी नेकपा केन्द्रीय सदस्य पदमा अर्यालले यसबारेमा काम भइरहेको जानकारी गराएकी छन् ।

भारतले नेपाली भूमिसमेत समेटेर बनाएको नक्सा अश्वीकार गर्ने सरकारको निर्णयलाई बैठकले स्वागत गरेको र नेपालको पनि राजनीतिक तथा प्रशासनिक नक्सा बनाएर लिम्पियाधुरा,लिपुलेक र कालापानी समेटिएको नक्सा सार्वजनिक गर्न नेकपाले भनेको छ ।

त्यस्तै नेपाल ट्रष्टको गोकर्ण लगायतका जग्गा यति होल्डिङ्सलाई लिजमा दिएको सन्दर्भमा प्रश्न उठेपछि बैठकले ट्रष्टको देशभरको जग्गाको यथार्थ जानकारी मागेको हो । यतिलाई दिइएको कुरामात्र बाहिर आए पनि अरुले पनि धेरै सम्पत्ति लिजमा लिएको हुनाले यथार्थ विवरण मागिएको केन्द्रीय सदस्य विशाल भट्टराईले बताए ।

ट्रष्टको सम्पत्ति क कसलाई कुन सरकारको पालामा कसरी लिजमा दिएको हो सबै विवरण स्वेतपत्रमार्फत सार्वजनिक गर्न ट्रष्टका अध्यक्षसमेत रहेका नेता ईश्वर पोखरेललाई निर्देशन दिएको जानकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
आईजीपी होईन, तातोपानी नाका चलाऊ : गोकुल बाँस्कोटा

    नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले सरकारलाई नेपाल प्रहरीका महानिरीक्षकको विषयमा अल्झिनुभन्दा...

काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...