नेकपाका सवै सांसदलाई आज बालुवाटारमा रात्री भोज, एमसीसी पासगर्ने षड्यन्त्र



हाम्रो इकोनोमि

 

नेकपा केन्द्रीय समितिको बैठक सकिएलगतै प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुलाई रात्री भोज दिने भएका छन् । पाँच दिनदेखि चलेको नेकपा स्थायी कमिटीको बैठक आइतवार सकिदैछ । बैठक सकिएलगतै बालुवाटार उपस्थित हुन प्रतिनिधि र राष्ट्रियसभाका सांसदहरुलाई म्यासेज पठाइएको छ ।

पार्टी संसदीय दलका सचेतकले सांसदहरुलाई बोलुवाटारमा रात्री भोजको निम्तो दिएका छन् । प्रधानमन्त्री एवं संसदीय दलका नेता ओलीले एमसीसीका बिषयमा सामाना धारणा बनाउन रात्री भोजको आयोजना गरेको आशंका गरिएको छ । नेकपा संसदीय दलले सबै सांसदहरुलाई आइतबार बेलुका ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सबै सांसदहरुलाई अनिवार्य उपस्थिति हुन आग्रह गरेको छ ।

केन्द्रीय समिति बैठकमा एमसीसी र सरकारका बिषयमा तिव्र आलोचना भइरहेका बेला ओलीले बालुवाटारमा रात्री भोज राखेका छन् । एमसीसीका बिषयमा उनले सांसदहरुसँग छलफल गर्ने भएका छन् । एमसीसी जसरी पनि पारित गर्नुपर्ने पक्षमा रहेका प्रधानमन्त्री ओलीले सांसदहरुलाई सामान धारणा बनाउन रात्री भोजको आयोजना गरेको एक सांसदले बताए ।

‘एमसीसीका बिषयमा पार्टीभित्र मदभेद र भ्रम पर्यो । त्यसलाई चिर्न प्रधानमन्त्रीले बालुवाटारमा सवै सांसदहरुलाई बोलाएनु भएको हो’ ति सांसदले भने ‘संसददेखि सवैतिर एमसीसीका बिषयमा सामान धारणा बनाउन प्रधानमन्त्रीले रात्री भोजको आयोजना गर्नु भएको छ ।’

प्रतिक्रिया दिनुहोस
गगनले कांग्रेस छिन्नभिन्न बनाएको मोहन बस्नेतको आरोप

    नेपाली कांग्रेसका इतर पक्षका नेता मोहन बस्नेतले गगन थापाको महत्त्वाकाङ्क्षा र...

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ७० अर्ब रकम संकलन गर्ने

    बैंकिङ प्रणालीमा उपलब्ध तरलता व्यवस्थापन गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले ७०...

नबिल बैंकले सेयरधनीलाई १५.८०% लाभांश र ५% बोनस सेयर दिने

    नबिल बैंक लिमिटेडका सेयरधनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १५.८० प्रतिशत...

सशस्त्र प्रहरीका एआईजी वंशी दाहाललाई बर्खास्त गर्न सिफारिस

    चोलेन्द्रशमशेर जबरालाई प्रहरीले नियन्त्रणमा लिएपछि सूचना चुहावटको आरोपमा निलम्बनमा परेका सशस्त्र...