नेपाली माटोमा सुन फल्छ विदेश नजानुस : मन्त्री अर्याल



हाम्रो इकोनोमि

 

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मकुमारी अर्यालले नेपाली माटोमा सुन फलाउन सक्ने जनशक्ति उत्पादनतर्फ लाग्नुपर्ने बताएकी छन् । शहिद स्मारक जनस्वास्थ्य कलेज सिफलको ११ औं वार्षिकोत्सवको अवसरमा आज शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।

अबको शिक्षा रोजगारमूलक शिक्षा भएको भन्दै मन्त्री अर्यालले रोजगारमूलक शिक्षा आजको आवश्यकता भएको बताईन । अब प्रत्येक विद्यालयमा प्राविधिक शिक्षाको व्यवस्था हुनुपर्ने भन्दै उनले पढेको कुरा व्यवहारमा लागु गर्न सकिने शिक्षा हुनुपर्ने बताइन ।

दक्ष जनशक्ति बाहिर पलायन गराउने कार्यको अन्त्य गरेर स्वदेशमै सम्भावनाहरुको खोजी गरिनुपर्ने उनको भनाई थियो । ‘अब हामीले हाम्रो ज्ञान बिक्री गरेर समृद्ध नेपाल सुखी नेपाली बनाउने हो । दक्ष जनशक्ति विदेश पठाएर समृद्ध नेपाल सुदी नेपाली भनेर अर्थ छैनु, मन्त्री अर्यालले भनिन्, ’विदेश जाने जनशक्तिको उपयोग गर्नुपर्छ । अब हामीले युरोप, अमेरिका, अष्ट्रेलिया पलायन हुने जनशक्ति होइन नेपाली बाटोमा सुन फलाउने जनशक्ति उत्पादन गर्न सकौं ।’

सरकारले हरेक विद्यालयमा प्राविधिक शिक्षा चलाउनुपर्ने नीति ल्याएको भन्दै उनले प्राविधिक शिक्षा पढेर मुलुकलाई समृद्ध बनाउने अभियानतर्फ लाग्नुपर्ने धारणा राखिन। प्राविधिक शिक्षा बोलीखाने भन्दा पनि गरिखाने शिक्षाको रुपमा परिचित भएको भन्दै मन्त्री अर्यालले पछिल्लो समय गरिएका विभिन्न अध्ययनले पनि प्राविधिक शिक्षाप्रति युवा पुस्ताको आकर्षण बढ्दै गएको देखाएको बताईन ।

नेपालमा काम गर्ने उमेर समुहका ६१ प्रतिशत जनसंख्या रोजगारीको क्षेत्रभन्दा बाहिर रहेको तथ्यांक रहेको भन्दै मन्त्री अर्यालले प्राविधिक तथा व्यवसायिक शिक्षा र तालिम प्राप्त व्यक्तिहरूले साधारण शिक्षा प्राप्त व्यक्तिको तुलनामा उच्च तलब, रोजगार एवं स्वरोजगार भई आयस्तरमा बृद्धि एवं सहज जीवनयापन गर्न सहयोग पुग्ने बताईन ।

कलेजले प्राविधिक जनशक्ति उत्पादनमा महत्वपुर्ण योगदान दिएको भन्दै मन्त्री अर्यालले अझ धेरै दक्ष प्राविधिक जनशक्ति उत्पादनमा ध्यान दिन जोड दिईन ।

प्रतिक्रिया दिनुहोस
तोलामा ६ हजार ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

     नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो प्रतितोला दुई लाख...

सुन लुकाएर ल्याउने दुई चिनियाँ महिला पक्राउ

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिलालाई...

नबिल बैंक र धुलिखेल अस्पतालद्वारा ‘नबिल बर्न केयर वार्ड’ उद्घाटन

    नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालले मंगलबार धुलिखेल अस्पताल परिसरमा स्थापना...

बैंकको खराब कर्जा ५.६४ प्रतिशत पुग्यो

    नेपालको बैंकिङ क्षेत्रमा खराब कर्जाको समस्या थप गहिरिँदै गएको छ ।...